१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

घेरा हाली लखेट्दा नदीमा खसेर मृत्यु : समिति

ठूलो संख्याका गाउँलेले घेरा हाल्दै ढुंगामुढा गरी लखेट्दा शरीर र टाउकोमा लागी भेरी नदीमा खस्दा रुकुमको चौरजहारीमा ६ जनाको मृत्यु भएको रिपोर्टिङ भएको छ । गृहमन्त्रालयबाट अनुसन्धानका लागि गएको सहसचिव जीतेन्द्र बस्नेत संयोजक रहेको समिति अनुसन्धान सकेर काठमाडौं आएपछि गृहमन्त्री रामबहादुर थापासमक्ष टोलीले शुक्रबार त्यस्तो रिपोर्टिङ गरेको हो ।

रुकुम घटनाले फेरी एकपटक प्रहरीमाथि उठाएको प्रश्न

‘त्यति लामो समय घटना चलिरहँदा प्रहरी प्रशासन किन पुग्न सकेन ? गएको भए पनि किन सिटी मात्रै फुक्यो ? कित प्रहरी दबाब, प्रभाव र डरमा पर्यो ?’

रुकुम घटनाको अनुसन्धान गर्न गएको टोली काठमाडौं फर्कियो

रुकुमको चौरजारीमा ६ जनाको ज्यान जाने गरी भएको घट्नाको अनुसन्धान गर्न गएको टोली काठमाडौं फर्केको छ। सहसचिव जितेन्द्र बस्नेत संयोजक रहेको टोली अनुसनधान सकेर काठमाडौ आएपछि आज गृहमन्त्रीलाई बस्तुस्थितिबारे सामान्य जानकारी गराएको छ।

किशोरीको चरित्र हत्या नगर्न रेखाको अपिल

अभिनेत्री रेखा थापाले रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनामा संलग्न अपराधीहरूलाई सजायको माग गर्दै हत्या गरिएका नवराज विश्वकर्माकी प्रेमिका भनिएकी किशोरीको चरित्र हत्या नगर्न अपिल गरेकी छिन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट लेख्दै उनले घटनामा संलग्न अपराधीहरूलाई सजायको माग गर्दै नवराज विश्वकर्माकी प्रेमिका भनिएकी किशोरीको चरित्र हत्या नगर्न आग्रह गरेकी थिइन् ।

रूकुम घटनाबारे बल्ल बोल्यो नेकपा

अन्तरजातीय प्रेम विवहाको विवादको क्रममा ६ जना युवाको ज्यान जाने गरी भएको रुकुम घटनाको सम्बन्धमा सत्तारुढ दल नेकपाले दोषीमाथि कारवाही गर्न माग गरेको छ । पार्टी महासचिव विष्णु पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितलाई राहत दिन सरकारसँग माग गरेका हुन् ।

रुकुम घटना ढाकछोप गरिए सिंहदरबार जलाउने धम्की

पोखराका दलित अभियन्ताहरूले रुकुम घटना ढाकछोप गरिए सिंहदरबार जलाउने चेतावनी दिएका छन् । मल्ल थरकी युवतीलाई विवाहका लागि लिन रुकुम जाने नवराज विकसहित ६ जनाको हत्या भएको विरोधमा दलित संघसंस्थाहरूले मंगलबार पोखरामा आयोजना गरेको संयुक्त शान्तिपूर्ण विरोध प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै उनीहरूले रुकुम घटनालाई तोडमरोड गरेर ढाकछोप गरिए सिंहदरबार जलाउने चेतावनी दिएका हुन् ।

रुकुम पश्चिम घटनाको विरोधगर्दै पोखरामा धर्ना

रुकुम पश्चिम घटनाको विरोध गर्दै पोखराका दलित समुदायले धर्ना दिएका छन । रुकुम पश्चिममा भएको घटनाको विरोध गर्दै पोखरामा भएको विरोध र्‍यालीमा उर्लिएको दलित समाजले आन्दोलन थप चर्काउने चेतावनी समेत दिएका छन् ।

रुकुम घटनाको कल डिटेल खोज गरिँदै

अमानवीय र क्रुर घटनालाई भवितव्य भनेर देखाउन र ढाकछोप गर्न भइरहेको संगठित प्रयत्न र राज्यको लाचारी संसद्ले टुलटुल हेरेर नबस्ने।

रुपन्देहीमा रुकुम घटनाको विरोध प्रदर्शन

मानव अधिकार तथा शान्ति समाजले २५ औं स्थापना दिवस रुकुममा भएको मानवीय नरसंहार विरुद्ध सडकमा विरोध प्रदर्शन गरेको छ । रुपन्देही शाखाले रुपन्देहीको सैनामैनामा रुकुम घटनामा संलग्नलाई कारबाहीको माग तथा जातीय भेदभाव अन्त्यको माग गर्दै सडकमा प्रदर्शन गरिएको हो । विं.स.२०५३ साल जेड १९ गते यो संस्थाको स्थापना भएको थियो ।

रुकुम घटना अनुसन्धान गर्न सिआइबीको टोली खटियो

काठमाडौं- रुकुम घटनाको अनुसन्धानको लागि सिआइबीको टोली खटिएको छ। सिआइबीका प्रमुख डिआइजी सहकुल थापाका अनुसार गृहमन्त्रीको निर्देशन अनुसार स्थानीय प्रहरी र अनुसन्धान टोलीलाई प्राविधिक सहयोग गर्न लाई सिआइबीको टोली खटिएको हो।

सीमा विवाद र रुकुम घटनाको विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाका सांसदहरुले सीमा विवाद समाधान र रुकुम घटनाको छानबिन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले रुकुममा भएको अमानवीय घटना र सीमा विवाद समाधानको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

रुकुम घटनाको छानबिनका लागि संसदिय समिति गठन गर्न माग

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले रुकुम घटनाको छानबिनका लागि संसदिय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिएको छ ।

‘रुकुम घटनाले आक्रोशित बनाएको छ’

अभिनेता राजेश हमालले रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनाका दोषीले सजाय पाउनुपर्ने अभिव्यक्ति दिएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुक लाइभमा उनले जातीय विभेदले समाजको प्रगति ओझेलमा पर्ने अभिव्यक्ति दिएका थिए।

रुकुम घटनाको निष्पक्ष छानबिनको माग गर्दै जुम्ली युवाको धर्ना

जेठ १० गते शनिबार रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीमा अन्तरजातीय प्रेमसम्बन्धका कारण भएको सामूहिक हत्याको घटनामा निष्पक्ष छानबिनको माग गर्दै जुम्लाका युवाहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्