आज महाकवि देवकोटाको ११०औँ जन्मजयन्ती
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
धेरै वर्षपहिले कुनै लेखमा पढेको थिएँ– दार्शनिक र कविहरू अद्र्धपागलजस्तै हुन्छन् । यो कुरा कुन किताब वा पत्रिकामा पढेँ र कसले लेखेको हो भन्ने सम्झना भने अहिले छैन । कविता पढ्न र सिर्जना गर्न निकै रमाउने र उत्साहित हुने व्यक्ति भएकाले पनि होला, पढ्नेबित्तिकै यस वाक्यले गम्भीर बनाएको थियो मलाई । के म पनि अद्र्धपागल हुँ वा हुँदै छु ?
कवितारुपि पुलले नयाँ तथा पुराना स्रष्टालाई जोड्न गत वैशाखदेखि गण्डकी वाङमय प्रतिष्ठानलले हरेक महिनाको दोस्रो शनिबार ‘साहित्यिक वाचन कार्यक्रम’ गर्दै आएको छ।
खेमलाल– पद्मश्री साहित्य पुरस्कार र पद्यमश्री साधना सम्मान २०७४ एक समारोहबीच दुई स्रष्टालाई प्रदान गरिएको छ। खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कारबाट नयनराज पाण्डे र पद्यमश्री साधना सम्मानबाट डा.तारानाथ शर्मा सम्मानित भएका हुन्। साहित्यकार पाण्डेको संस्मरणात्मक कृति 'यार' को लागि उक्त पुरस्कार प्रदान गरिएको हो।
साहित्यकारहरुले केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरेका छन्। भक्तपुरमा सोमबार सम्पन्न दुईदिने बृहत साहित्य सम्मेलनमा आआफ्ना कथा, कविता, नाटक, प्रहसन, नृत्यमार्फत उनीहरुले ओली सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन्।
कति कुट्नु दुःखका गिटी कति पल्टाउनु सन्त्रासका पाना दुःख पनि उतै मिठो सुख पनि उतै मिठो चोखो मन उतै छोडेर आएको थिएँ
किशोर अवस्थाका सरुभक्त आफू मात्रै बसेको र साथीभाइ सबै उभिनुपरेपछि हाँसोले आफूले आफूलाई रोक्न सकेनन् साथीहरूतर्फ हेर्दै मज्जाले हाँसिदिएछन् । त्यसपछि मार्था गुरुआमाको रिसले पारो चढेछ । अरूलाई बसाएर स्टिलको स्केलले उनैले कुटाइ खाएछन् । त्यो घटना सम्झिँदै रोमाञ्चित भएका सरुभक्तले थपे, ‘आफू मात्रै बसेको, अरू सबै उठेको त्यो दृश्य देख्दा हिजोआज त हाँसो उठ्छ झन् त्यतिबेला किन नउठ्नु ?’
समिराको घरमुनि एउटा डाँडा थियोे । डाँडामा समिराको ममीले फूल रोप्नुभएको थियो । फूलबारीमा समिरा, दिव्या र नमिता सधैं घुम्न जान्थे । दिनभरि खेल्थे । पुस्तक पनि बोकेर जान्थे । फूलबारीको मिठो बास्नासँगै गृहकार्य गर्न उनीहरूलाई रमाइलो लाग्थ्यो।
एक वर्षअघि बागबजारस्थित एक पत्रकार मित्रको अफिसमा पहिलोचोटी ‘शिक्षक–शिष्य संवाद’ किताब देखेँ । यसका लेखक रहेछन्– प्रा.डा. जीवराज पोखरेल । नामै गज्जब छ, कस्तो होला किताब ? खुल्दुली जाग्यो । सरसर्ती पल्टाएँ । वार्णिक छन्दमा लेखिएको यस महाकाव्यले तान्यो मलाई।
तिमी सित भेट हुँदा मन हुन्छ कस्तो कस्तो दुइटा खोला उर्लिएर दोभानमा मिले जस्तो ...
उहिले र अहिलेको दसैं । पर्व उही, अनुभूति फरक । दसैैंप्रतिको आशक्ति अहिलेका बच्चामा पनि कम त देखिन्न । तर, ऊबेलाको तुलनामा निकै फिक्का र सतही ।
कामै नलाग्नेगरि थोत्रिएको लागेर लम्किएथें उधार्न आकाश... रोक्दै मलाई सानी छोरीले भनीन– ‘बाबा नउधार्नुस !
एकैछिनमा पढ्न सकिने छोटा मिठा कथा पाठकले मन पराउँछन् । लघुकथामा पाठकलाई तुरुन्तै आकर्षण गर्ने चुम्बकीय शक्ति हुन्छ । कथाको जस्तो स्वाद र उपन्यासको जस्तो सन्तुष्टि दिन सक्नु लघुकथाको खुबी मानिन्छ।
अम्बिका अर्यालको पहिलो उपन्यास ‘अविश्रान्त’ काठमाडौँको सर्वनाम नाटकघरमा सार्वजनिकीकरण भएको छ। गुञ्जन साहित्य संस्थाको आयोजनामा भएको उक्त कार्यक्रममा साहित्यकार कृष्ण धराबासी, कुमारी लामा, गुञ्जनका अध्यक्ष हिरण्यकुमारी पाठक र लेखक स्वयम्ले उक्त उपन्यास सार्वजनिक गरेका हुन्।
मेरो शिल्पी यस शकलमा स्वस्थ आकार देऊ यौटै सानो सरल कृतिमा पूर्ण संसार देऊ