अक्षरको ज्योति जगाइदिनेप्रति
सेराकी मुगा दिदीले चाहिं त्यहाँ थोरै समय मात्र पढाउनुभयो। उहाँ राम्री हुनुहुन्थ्यो। जीउडाल पनि राम्रो थियो। पढाउँदा म उहाँको अनुहार हेरिरहन्थें।
सेराकी मुगा दिदीले चाहिं त्यहाँ थोरै समय मात्र पढाउनुभयो। उहाँ राम्री हुनुहुन्थ्यो। जीउडाल पनि राम्रो थियो। पढाउँदा म उहाँको अनुहार हेरिरहन्थें।
यसरी हाम्रो बाला जिन्दगीको धेरैजसो समय धामी हेरेर, धामीको गला/कलामा रमाएर र धामीकै नक्कल गरेर बित्यो। तर, जति रहर गरे पनि ज्यानमा काम्ने कसैगरी चढेन। देउताले कहिल्यै पत्याएनन्।
पाहुना लाग्ने क्रममा पल्लाघरका दाइसँग कहिलेकाहीं बार्लाङ इन्द्री दिदीकोमा जान्थ्यौं। राता चामलको भातसँग तोरीको तेल र प्याजसरी परेवाका बच्चाको झोल खाएको स्वाद अहिले पनि जिब्रोमा झुन्डिन्छ।
बादलुको घुम्टो ओढेर बेहुलीझैं सिँगारिएका छन् असार–साउनका बेला पहाडी गाउँहरू। झमझम पानीको वर्षा मकैका पातमा ठोकिँदा सुनिने त्यो सांगीतिक आवाज बढो मीठो लाग्छ। पहाडी ग्रामीण बस्तीमा साँझको बेला कुनै रुख, बुट्यान् वा केराबारीमा बसेर झ्याउँझ्याउँ झनननन गर्दै गीत गाउने झ्याउँकीरी त झन् प्रकृतिको आदिम गायकजस्तो लाग्छ।
कति कुट्नु दुःखका गिटी कति पल्टाउनु सन्त्रासका पाना दुःख पनि उतै मिठो सुख पनि उतै मिठो चोखो मन उतै छोडेर आएको थिएँ