२७ पुस २०८१ शनिबार
image/svg+xml
अन्य

पुतलीको दौड

समिराको घरमुनि एउटा डाँडा थियोे । डाँडामा समिराको ममीले फूल रोप्नुभएको थियो । फूलबारीमा समिरा, दिव्या र नमिता सधैं घुम्न जान्थे । दिनभरि खेल्थे । पुस्तक पनि बोकेर जान्थे । फूलबारीको मिठो बास्नासँगै गृहकार्य गर्न उनीहरूलाई रमाइलो लाग्थ्यो।

समिरा साथीहरू आएन भने फूलबारी जान्न भन्थी । बरु साथीहरू नआएको बेला घरमै बसेर पढ्थी । कति पटक त साथीहरूलाई लिन उनीहरूका घरमै पुग्थी समिरा।

दिव्या र नमितालाई घरबाट आउन नदिँदा अनेक बाहाना बनाएर समिराले उनीहरूको बुबा ममीलाई खुसी बनाउँथी । सबै जना उही फूलबारीमा पुगिहाल्थे।

एकदिन सधैंझैं दिव्या र नमिता समिराको घर आएनन् । समिरा नमिताको घर पुगी र भनी, ‘हामी जान्छौँ है फूलबारी?’

उनीहरूले दिव्यालाई पनि अर्को पुतली समाउन सुझाए । पुतलीको दौड प्रतियोगिता गर्ने रहर पलायो उनीहरूको मनमा।

‘अब फूलबारीतिर नजाओ है ? सर्पले टोक्छ ! किराहरूले पनि टोक्न सक्छ !’ नमिताको ममीले भन्नुभयो । उनीहरू ममीको कुरामा सहमत भएनन् । उनीहरूको फूलबारी जाने इच्छा रोकिएन । नमिताले ममीलाई मनाउन समिरालाई उक्साई।

‘नाइँ के आन्टी हामी झाडीमा जाँदैनौँ । हामी फूलबारीको छेउमा बसेर पढ्छौँ ।’ समिराले फकाउन खोजी नमिताको ममीलाई । नमिताको ममीले दुवै जनाको अनुहार हेर्नुभयो । माया लागेर आयो । तर निर्णय दिन सक्नुभएन।

‘अङ्कललाई सोध है ? नजाऊ भनेको मान्दैनौ ।’ नमिताको ममीले बाबातिर देखाउँदै भन्नुभयो । उनीहरूले बाबासँग पनि गएर उसैगरी जिद्धी गरे र अन्तमा उनीहरूकै जित भयो । फेरि फूलबारी जाने अनुमति पाए।

समिरा र नमिता गएर दिव्याको बुबाममीलाई पनि उसैगरी मनाए । तिनैजना खुसी हुँदै पुगे फूलबारीमा । फूलबारीमा रमाउन थाले । वरिपरि नियाल्न थाले । रंगीविरंगी फूल फुलेको रहेछ । यो उनीहरूलाई रमाइलो लाग्न थाल्यो।

फूलबारीमा उनीहरूको ध्यान फूलको बोटमा हिँडिरहेको सुन्दर पुतलीमा पुग्यो । पुतली बिस्तारै हिँडिरहेको थियो । उड्ने पुतली हिँडिरहेको देखेर नमितालाई अचम्म लाग्यो।

नमिताले एउटा पुतली समाती र बिस्तारै हिँडाउन खोजी । पुतली त हिँड्न मानेन । बरु उनीहरूलाई झुक्याएर फुर्र उडेर भाग्यो । उनीहरू छक्क परे । पुतली उनीहरूलाई चलाख लाग्यो । पुतली किन र कसरी भाग्यो भन्ने कुरा उनीहरूले पत्ता पाएनन्।

अघि बिस्तारै हिँडेको पुतली किन हिँड्न मानेन भनेर उनीहरूलाई जान्न मन लाग्यो । उनीहरूले अर्को पुतली समाते । त्यो पनि उनीहरूलार्इं उसैगरी छक्याएर भाग्यो । उनीहरूले निकै बेर सोच विचार गरे । अन्त्यमा उनीहरू एउटा सामुहिक निष्कर्षमा पुगे ‘यो पुतलीसँग प्वाँख छ । हामीसँग डराउँछ पनि । त्यसैले यो हामीबाट टाढा भागिहाल्छ । अब समातेर यसको प्वाँख नै उखेल्नुपर्छ!’

समिराले अर्को पुतली समाती र प्वाँख निकाली । अब भने पुतली उड्न नसक्ने भयो । वरिपरि भुइँमा कुदिरह्यो । यो दृश्य उनीहरूलाई रमाइलो लाग्यो । दिव्याले पनि पुतली समाती र प्वाँख उखेलेर छाडिदिई । पुतली समिरा र दिव्याको अघिपछि गर्दै दौडिन थाल्यो । यो दृश्यमा झनै रमाइलो मानेर उनीहरू यसरी पुतलीको प्वाँख उखेलेर खेलिरहे । उनीहरूले दिव्यालाई पनि अर्को पुतली समाउन सुझाए । पुतलीको दौड प्रतियोगिता गर्ने रहर पलायो उनीहरूको मनमा।

नमिताले पनि पुतली समाई र प्वाँख उखेली । तिनैजनाले आआफ्नो पुतली समाते । एकैसाथ छोडिदिए । समिरा, दिव्या र नमिताको पुतलीमा प्रतिस्पर्धा भइरह्यो । कहिले जित्ने र कहिले हार्ने भइरहेकाले उनीहरूलाई थप रमाइलो लाग्यो।

धेरैबेर दौडाए । निकै दौडिएपछि समिराको पुतली म¥यो । उनीहरूको रमाइलो खेल खल्लो भयो । नमिताले समिरालाई अर्को पुतली समाउन आग्रह गरी । दिव्याले पनि सहमति जनाई । समिरा अर्को पुतली समाउन जुरुक्कै उठी । तर समिराले आफ्नो हातमा ससाना घाउहरू देखी । अत्तालिँदै भनी ‘ओई दिव्या हेर न ? मेरो हातमा घाउ भएछ  ! चिलाउँछ पनि।’

दिव्या र नमिताले समिराको हातमा घाउ देखे । उनीहरूको पनि उसैगरी घाउ भएको रहेछ । दिव्याले हातले आँखा मिच्न थाली । दिव्याको आँखा चिलायो । कन्याउन थाली । झनै चिलायो । साथीलाई देखाई । पूरै रातो भएर आँखा सुन्निनथालेको रहेछ।

केही बेरमै समिरा र नमिताका नि आँखा चिलायो । दुवैका आँखामा उस्तै घाउ देखियो । उनीहरू दौड्दै घर पुगे । बुबा ममीले हतारमै हस्पिटल पु-याउनुभयो । डाक्टरले धोइपखाली औषधी लगाइदिनु भयो।

सरसफाइ गरेर औषधी लगाएपछि उनीहरूको घाउ चिलाउन कम भयो । आँखा पनि हेर्न हुने गरी निको हुन थाल्यो । अलिक सन्चो हुँदै गएपछि डाक्टरले पुतलीको बारेमा बेलिबिस्तार लगाउन थाल्नुभयो । उनीहरूले ध्यान दिएर पुतलीको बारेमा सुन्न थाले।

पुतली झुसिलकिराबाट बन्ने भएकाले यसलाई छुन नहुने डाक्टरले भन्नुभयो । डाक्टरले अझै थप्नुभयो ‘हेर नानी हो ! पुतलीको झुसिलो काँडामा विष हुन्छ । यो उडेर चारैतिर फैलन्छ । आँखा, हात, खुट्टा सबैतिर घाउ हुन्छ । बेलामै उपचार नगरे आँखाको ज्योति सधैंलाई बन्द हुन पनि सक्छ है!’

डाक्टरले तिनैजनालाई सम्झाउँदै  अबदेखि पुतली नछुन सल्लाह दिनुभयो । कसैले पुतली समाउन खोजेमा सम्झाउन लगाउनुभयो । अझै भन्नुभयो ‘यदि कसैले छोई नै सकेको रहेछ भने साबुन पानीले हात धुन लगाउनु पर्छ है नानी हो!’

उनीहरूले डाक्टरलाई सोधे ‘डाक्टर अङ्कल ! अब हामी निको हुन्छौँ त ?’ डाक्टरले सबैको अनुहार हेर्नुभयो । तीनैजनाको अनुहार मलिन थियो । उनीहरूलाई मनमा डर लागिरहेको कुरा डाक्टरले अनुहारबाटै बुझिहाल्नुभयो । त्यसैले उनीहरूको डर हटाउन सम्झाउन थाल्नुभयो।

डाक्टरले भन्नुभयो, ‘तिमीहरू बेलैमा हस्पिटल आएका छौ । तिमीहरूलाई केही हुन्न । चाँडै निको हुन्छ । तर ढिला गरेको भए निको नहुन पनि सक्थ्यो !’ डाक्टर अङ्कलको कुराले उनीहरू झस्किए । बेलामै उपचार गर्न ल्याउनुभएकोमा बुबाममीलाई मनैदेखि धन्यवाद दिए।

औषधी उपचारपछि तिनैजना घर फर्के । दिनभरको पुतलीको दौडको कथा अभिभावकलाई सुनाए । साथीहरूलाई पनि पुतली राम्रो भए पनि छुन नहुने कुरा सुनाउने निर्णय गरे । त्यति मात्र कहाँ हो र ? अब कहिल्यै पनि पुतलीको दौड आयोजना नगर्ने प्रतिज्ञा गरे । अनि ओछ्यानमा गफ गर्दागर्दै भुसुक्क निदाए।

प्रकाशित: २० आश्विन २०७५ ०६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App