१९ वैशाख २०८१ बुधबार
image/svg+xml

भारतीय एसएसबीका जवानले नेपालीमाथि सदाबहार ज्यादती

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण एसएसबीका जवानले जुनसकै बेला दुःख दिन सक्ने त्रासमा हुने गर्छन्।

दसगजा अतिक्रमण व्यापक, आँगन र खेतमा सीमास्तम्भ !

सिरहा नगरपालिका–२० लगडीगदियानी र भारत पौदमा पञ्चायत वडा नम्बर–४ (लगडी) बीचमा आरपी २८ नम्बरको सीमास्तम्भ त ठडिएको छ। तर यो सीमास्तम्भ ज्ञानी मुखियाको आँगनमै छ। मुखिया भारतको लगडी गाउँका हुन्।

दसगजामा खाना खुवाउँदै नेपालगन्जका युवा

नेपालगन्जका युवाले भारतबाट आएर जमुनाहा नाकामा बसिरहेका नेपालीलाई खाना खुवाउने अभियान सुरुवात गरेका छन् । नेपालगन्जको बुद्धदय युथ क्लबको समन्वय र हाम्रो सानो प्रयास अभियानको आर्थिक सहयोगमा दसगजामा बसेका नेपालीलाई लक्षित गरेर खाना खुवाउने अभियान सुरु गरिएको हो ।

दसगजामा भारतीय सरकारी भवन

नेपाल–भारत सीमाको दसगजामै भारतीय पक्षले आफूखुसी सरकारी भवन निर्माण गर्न थालेको छ।

दसगजा खाली गराउँदै सशस्त्र

सीमावर्ती मटिअर्वामा स्थानीयको अतिक्रमणमा परेको दसगजा क्षेत्रमा रहेका घर–टहराहरू जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा शुक्रबार खाली गराइएको छ।

१९ स्थानमा दसगजा गोलमाल

पुलखोलाको दसगजामा एसएसबीले गोलघर बनाएको छ भने छब्बिसेमा भारतीय जवाहर नवोदय विद्यालय छ। विद्यालयको खेलमैदान पनि दसगजामै पर्छ।

सिरहामा पनि दसगजा अतिक्रमण

दसगजा क्षेत्र अतिक्रमणको समस्या सिरहामा पनि देखिएको छ। दसगजामा रहेको सीमास्तम्भबाट पाँचपाँच गज दायाँबायाँ मानवीय बस्ती हुनुहुँदैन। अन्तर्राष्ट्रिय कानुनअनुसार दसगजामा दुवै देशले भौतिक पूर्वाधार निर्माण, खेतीपाती तथा अन्य संरचना बनाउन पाउँदैनन्।

सीमास्तम्भ नहुँदा दसगजा अतिक्रमण

इलामको सन्दकपुरदेखि जिर्मलेसम्मको साढे ५२ किलोमिटर भू–भाग भारतसँग जोडिएको छ। तर दर्जनौं स्थानमा सीमास्तम्भ नहुँदा सीमा यकिन हुन सकेको छैन। सीमा यकिन नभएकै कारण सीमाक्षेत्रमा पटक–पटक तनाव उत्पन्न हुने गरेको छ।

भारतले ‘बाँध’ मर्मत गर्न थालेसँगै नेपालमा त्रास

दसगजा क्षेत्र मिची बनाइएको बाँधजस्तोे स्थायी संरचनाका कारण नेपाली भूभाग झन् डुबानमा पर्ने खतरा बढेकाले यसलाई तत्काल समाधान गर्न रौतहट प्रशासनले लिखित रूपमै निर्णय गरेर सरकारको ध्यानाकर्षण गराएको छ।

बाढीले ढाल्यो चार नयाँ सीमास्तम्भ

नेपाल–भारत अन्तर्राष्ट्रिय सिमाना दसगजामा रहेका कपिलवस्तु जिल्लास्थित सदूर पश्चिम–दक्षिणका चारवटा सीमास्तम्भलाई बाढीले ढालेको छ। गत असार २६ गते परेको अविरल वर्षापछि आएको बाढीले ढालेको हो।

तीव्र विरोधपछि भारतले ट्रेन्च खन्न र तारबार गर्न राेक्याे

भारतीय पक्षबाट एकलौटी रूपमा थालिएको ट्रेन्च खन्ने र तारबार गर्ने कार्य स्थानीयको तीव्र विरोधपछि स्थगित भएको छ। नेपालका भूभाग र बस्ती डुबानमा पर्नेगरी भारतीय पक्षले दुई दिनदेखि कञ्चनपुरको डोकेबजारनजिक दसगजा छेउमा ट्रेन्च खन्न र सिमेन्टको खम्बा गाडेर तारबार गर्न सुरु गरेको थियो।

नेपालको अापत्ति बेवास्ता गर्दै भारतले बनायो दसगजामै पक्की सडक

अन्तरार्ष्ट्रिय मान्यताविपरित भारतले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा दसजगामै पक्की सडक र नाला निर्माण गरेको छ।

मानव बेचबिखन विरुद्ध दसगजा क्षेत्रमा मानव साङलो (फाेटाेफिचर)

नव बेचविखन बिरुद्धको राष्ट्रिय दिवसका अवसरमा नेपालगन्जको जमुनाहा नाकास्थित नेपाल–भारत दसगजा क्षेत्रमा मानव साङलो निकालिएको छ। मानव साङलोमा नेपाल र भारतका प्रशासक, सुरक्षा अधिकारी, सामाजिक संस्थाका प्रतिनिधि, बिद्यार्थी, शिक्षक लगायतको उल्लेख्य सहभागिता थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्