१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पप्पुसँगको ठेक्का तोडियोे

कोस्टाल पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले ठेक्का तोडेको छ । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइको डुँडुवा नहरमा गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि विभागले पप्पुसँगको सम्झौता तोडेको हो।

बाँकेमा सिँचाइ ट्युबवेल वर्षौंदेखि प्रयोगविहीन

जमिनमुनिको पानी तानेर किसानको खेतबारीमा सिँचाइ सुविधा पु-याउन भनेर जिल्लाका विभिन्न स्थानमा गाडिएका ट्युबवेल वर्षौंदेखि प्रयोगविहीन भएका छन्।

कर्मचारी र ठेकेदारलाई उन्मुक्ति

सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा गम्भीर लापरबाही भएको यथार्थ जान्दाजान्दै उच्च सरकारी अधिकारी र ठेकेदारलाई ढाकछोप गर्ने गरी प्रतिवेदन तयार पारिएको छ।

सिक्टा छानबिन प्रतिवेदन मन्त्री पुनलाई

सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा देखिएको अनियमितता छानबिन गर्न गठित समितिले शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई प्रतिवेदन बुझाएको छ।

सिक्टा आयोजनाभित्र कमजोरी रहेको संसदीय समितिको ठहर

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको स्थलगत निरीक्षणमा आएको संसदीय टोलीले आयोजनाभित्र कमजोरी रहेको ठहर गरेको छ।

यथास्थितिमा अायाेजना अघि नबढाउन स्थानीयको आग्रह

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालाई यथास्थितिमा अघि नबढाउन स्थानीय बासिन्दाले संसदीय समितिसँग आग्रह गरेका छन्।

‘ठेक्का व्यवस्थापनमा आयोजनाको कमजोरी’

आयोजना कार्यालयको लापरबाहीका कारण राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर भत्कने गरेको पाइएको छ ।

प्रतिवेदन सार्वजनिकमा ढिलाइले थप आशंका

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भएको अनियमितताको वास्तविकता चाँडोभन्दा चाँडो सार्वजनिक गर्ने गरी काम थालेको सरकारी छानबिन टोलीले अन्तिम प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरेको छ।

उच्चस्तरीय संसदीय टोलीद्वारा अनुगमनको माग

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा आर्थिक अनियमितता भएको आशंका गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित टोलीले छानबिन जारी राखेको बेला सांसदहरूले समेत उच्चस्तरीय अनुगमनको माग गरेका छन्।

गल्ती गर्नेलाई छाड्दैनौं : मन्त्री पुन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा अनियमितता गर्नेलाई कारबाही गर्ने बताएका छन्।

आयोजनाका कर्मचारीसँग अख्तियारको बयान सुरु

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भएको अनियमितताबारे छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बद्ध कर्मचारीसँग बयान लिन थालेको छ।

वनले रुख काट्न दियो, जरा उखेल्न दिएन

राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत लम्की शाखा नहर विस्तारको काम ठप्प भएको छ । इलाका वन कार्यालय लम्कीले नहर निर्माणका क्रममा काटिएका रुखको जरा उखेल्न रोकेपछि काम ठप्प भएको हो।

माटो परीक्षणको रिपोर्ट पर्खंदै छानबिन टोली

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्माणमा भएको अनियमितता छानबिन गर्न ऊर्जा, जलस्रोत तथ सिँचाइ मन्त्रालयद्वारा गठित टोली अन्तिम प्रतिवेदन प्रकाशित गर्ने तयारीमा जुटेको छ । जसका लागि टोलीले माटो परीक्षणको अन्तिम प्रतिवेदन पर्खिरहेको छ।

नहरमा साँघुरो र अपर्याप्त निकासले वर्षेनि क्षति

सिक्टा सिँचाइ आयोजनाले बाँकेको अगैयामा हेडवक्र्स बनाइसकेपछि जब पश्चिम मूल नहर निर्माणको काम थाल्यो, त्यतिबेला नै नहरबाहिरको पानी निकास साँघुरो बनाइएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका थिए।

सिक्टा अनियमितताबारे प्रभावित क्षेत्रका सांसद चुपचाप

१४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भएको अनियमितताबारे प्रभावित क्षेत्र बाँकेबाट प्रतिनिधित्व गर्ने सांसद अझै मौन जस्तै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्