१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

सात हजार बढीमा डेंगु संक्रमण, ७ जनाको मृत्यु

नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

द्वन्द्वपीडित भन्छन्ः संक्रमणकालीन न्याय ऐन पीडितप्रति अनुदार

संक्रमणकालीन न्याय ऐन संशोधन गर्न माग गर्दै द्वन्द्वपीडित समुदायले ज्ञापनपत्र बुझाएका छन्। संक्रमणकालीन न्याय ऐन द्वन्द्वपीडित प्रति अनुदार भएको तथा गम्भीर मानवअधिकार उलंघनका घटनाका पीडकलाई क्षमादान दिनेसम्मको प्रावधानप्रति आपत्ति जनाउँदै द्वन्द्वपीडित समुदायले मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारी मार्फत कानुन, न्याय तथा मानव अधिकार संसदीय समितिलाई १४ बुँदे ज्ञापनपत्र पठाएका हुन्।

हिमाली जिल्ला ताप्लेजुङमा ६ जनामा डेंगी संक्रमण

ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर ओमप्रकाश थापा मगरका अनुसार संक्रमण पुष्टी भएका मध्ये चिकित्सकीय उपचार पछि ५ जना घरमै स्वास्थ्य लाभ आर्जन गरिरहेका छन्।

मुस्ताङ र मनाङमा ‘लम्पी स्किन’ नियन्त्रण

गाईभैंसीमा फैलिएको ‘लम्पी स्किन’ को संक्रमण मनाङ र मुस्ताङमा नियन्त्रणमा आएको छ। प्रदेशका बाँकी नौ जिल्लामा पनि रोगको संक्रमण दर घट्दै गएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेशमा बाह्रैमास डेंगी संक्रमण

गण्डकी प्रदेशमा गत वैशाख यतामात्र १९३ जनामा डेंगी संक्रमण पुष्टि भईसकेको छ। ती मध्ये एकजनाले तनहुँमा यो संक्रमणबाट ज्यान गुमाइसकेका छन्। चिकित्सकले आगामि केही महिना यो संक्रमण अझै तिब्र बढ्ने आँकलन गरिसकेका छन्। डेंगी संक्रमणको ‘पीक सिजन’ नै साउनदेखि कात्तिकसम्म रहेको उनीहरुको भनाई छ। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। वर्षायाम लागेपछि डेंगी संक्रमण तिब्र रुपमा बढ्ने चिकित्सकले बताएपनि गण्डकी प्रदेशमा भने बाह्रैमहिना जसो संक्रमण हुने गरेको उनीहरुको भनाई छ।

धरानमा दोहोरिन सक्छ काठमाडौंमा देखिएको ‘जटिल डेंगी’

संक्रामक रोग विशेषज्ञ डा.शेर बहादुर पुन यस वर्ष धरानमा देखिएको डेंगु संक्रमण गत वर्ष काठमाडौं उपत्यकामा देखिएको जटिल डेंगीसंग मिल्न सक्ने बताउँछन्।

काभ्रेपलाञ्चोकमा डेंगु संक्रमणविरुद्ध अभियान

डेंगुको उच्च जोखिमका रूपमा रहेको काभ्रेपलाञ्चोकमा संक्रमण रोक्न पूर्वतयारी थालिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले ‘समयमै जोखिमलाई न्यूनीकरण गरौं’ अभियान चलाएको छ।

गण्डकी प्रदेशः फेरि सुरु भयो डेंगी संक्रमण

योपटक पनि गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेंगी संक्रमण सुरु भएको छ। प्रदेशका कास्की, म्याग्दी, लम्जुङ, तनहुँ, नवलपुर लगायतका जिल्लामा डेंगीका बिरामी फेला परेका छन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। अघिल्लो वर्ष डेंगीले कास्की लगायतका जिल्लामा निकै नै सताएको थियो।

सुनसरीदेखि दार्चुलासम्म डेंगी संक्रमण

मनसुन सुरु भएलगत्तै बढ्न थालेको डेंगी संक्रमण एक महिनाकै अवधिमा १ हजारभन्दा बढीमा संक्रमण भइसकेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। संक्रमणको कारण सुनसरीमा गत साता एक जनाको मृत्युसमेत भइसकेको छ।

‘लम्पी स्किन’ रोगविरुद्ध खोप अभियान

लम्पी स्किन रोगको संक्रमण फैलिंदै गएपछि गोरखा नगरपालिकाका तीन सय गाईभैंसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक महिलामैत्री बनाउन माग

द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक महिलामैत्री बनाउन माग गरेका छन्।

कनकासुन्दरीको देयारपाटामा भाइरल ज्वरोको संक्रमण, १ महिलाको मृत्यु

जुम्लाको कनकासुन्दरी गाउँपालिका-७ देयारपाटामा केही दिनदेखि फैलिएको भाइरल ज्वरोबाट १ जना महिलाको मृत्यु भएको छ भने ५३ जना विरामी परेका छन्। ज्वरोका कारण मृत्यु हुनेमा सोही गाउँपालिका-७ देयारपाटा गाउँकी ६१ वर्षीय दिपु उपाध्याय रहेकी छिन्।

फौजदारी अपराधमा राजनीतीकरण स्वीकार्य नहुने चेतावनी

सरकारले फौजदारी अपराधलाई राजनीतीकरण गर्न ल्याएको केही नेपाल ऐन संशोधन विधेयकले संक्रमणकालीन न्यायसमेतलाई प्रभावित गर्नसक्ने भन्दै राष्ट्रिय मानवअधिकार आयोगले चिन्ता व्यक्त गरेको छ।

संक्रमणकालीन न्याय टुंग्याउने तयारीमा छौंः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले शान्तिप्रक्रियाको बाँकी रहेको संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्रीमा निर्वाचित भएपछि कूटनीतिक नियोगका पदाधिकारीलाई सोमबार सम्बोधनका क्रममा उनले सरकारले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन पहल गर्दै आएको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्