अवैध क्रसर उद्योगमा विद्युत् काटियो
पाँच महिनाअघि स्थापित उद्योग अवैध रूपमा सञ्चालन भइरहेको थियो। सो पुलदेखि कम्तीमा पाँच सय मिटरमा स्थापना गर्नुपर्ने बाध्यकारी नियम क्रसर उद्योगको हकमा लत्याइएको छ।
पाँच महिनाअघि स्थापित उद्योग अवैध रूपमा सञ्चालन भइरहेको थियो। सो पुलदेखि कम्तीमा पाँच सय मिटरमा स्थापना गर्नुपर्ने बाध्यकारी नियम क्रसर उद्योगको हकमा लत्याइएको छ।
मापदण्ड पूरा नगरी भेरीगंगा नगरपालिका–८ गोचेखोलामा सञ्चालित घुम्ती क्रसर उद्योग स्थानीय प्रशासनले गत चैतको पहिलो साता बन्द गराई केही उपकरण नियन्त्रणमा लियो। बन्द गराइएको सो घुम्ती क्रसर केही समयमा पुनः सञ्चालनमा आयो। यसको कारण थियो– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र।
अख्तियारले भेरीगंगा नगरपालिकालाई लेखेको पत्र जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, घरेलु तथा साना उद्योग विकास समितिलाई बोधार्थ दिएको छ।
कर्णाली राजमार्गअन्तर्गतका सडक र त्यहाँ पर्ने पुल निर्माणका लागि भनेर स्थापना गरिएको एउटा अस्थायी क्रसर उद्योगले मापदण्डविपरीत उत्खनन गरी नदीजन्य सामग्री बिक्री गरेको पाइएको छ। दुल्लु नगरपालिका–१ तल्लो डुंगेश्वरमा रसुवा/सूर्य जेभीमार्फत बन्न लागेका पुल र सडकका लागि सो क्रसर स्थापना गरिएको हो।
प्रहरी प्रशासनले जिल्लामा मापदण्डविपरीत सञ्चालित र जथाभाबी नदी दोहनमा सक्रिय क्रसर उद्योग बन्द गर्न थालेको छ। प्रहरीले मंगलबार बराहताल गाउँपालिका–२ स्थित भेरी किनारको थापाडेरामा महालक्ष्मी–किराँतेश्वर–प्रदीप जेभीले सञ्चालन गरेको अवैध क्रसर उद्योग बन्द गराएको छ। उक्त क्रसर उद्योगमा कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्रीसमेतको स्वामित्व छ।
विस २०७१ मा भेरी नदीमा आएको बाढीले बराहताल–२ स्थित थापाडेरामा ठूलो क्षति पुर्यायो। ५० भन्दाबढी स्थानीयको घर–खेत पुर्यो। १० जनाले ज्यान गुमाए। खेतीयोग्य जमिन बगरमा परिणत भयो। भेरीको भेलले विस्थापित भएकाहरु कर्णाली राजमार्ग छेउको गिरीघाटमा कष्टकर जीवन विताइरहेका छन्। विस्थापितहरुको थातथलोमा भने बालुवा र ढुंगा तस्कारहरुले ‘राज’ गरिरहेका छन्।
सुनकोसी नदीमा सञ्चालित मापदण्डविपरितका क्रसर उद्योगका कारण बिपी राजमार्ग उच्च जोखिममा परेको छ। राजमार्गकै छेउमा बालुवा प्रशोधन उद्योगको नाममा मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगले जथाभावी उत्खनन गर्दा बनेपा–सिन्धुली–बर्दिबास सडक धसिने अवस्थामा पुगेको हो।
व्यवसायीहरुले धमाधम क्रसर उद्योग सञ्चालन गर्दै उक्त उद्योगका लागि बालुवा ढुंगा जथाभावी उत्खनन गरी दोहन गरेको गुनासो बढेपछि सुनकोसी गाउँपालिकास्थित सुनकोसी नदीमा सञ्चालित केही बालुवा उद्योगमा जिल्ला अनुगमन समितिले अनुगमन गरेको थियो।
देशैभरी सञ्चालनमा रहेका मापदण्डविपरितका क्रसरलाई मापदण्डमा ल्याउने वहस तेज भैरहेका बेला सिरहामा मापदण्ड मिचेर नयाँ क्रसर उद्योगलाई अनुमती दिएको खुलेको छ। घरेलु तथा साना उद्योग कार्यालय लहानले कर्जन्हा नगरपालिका–७ मा कमलामाई क्रसर उद्योगलाई कानुन मिचेर नयाँ दर्ता दिएको पाइएको छ।
सिन्धुलीको सुनकोसी गाउँपालिकामा बालुवा उद्योगको नाममा जथाभावी उत्खनन् भइरहेको छ। सुनकोसी गाउँपालिकाको पाँच वडामा १८ वटा बालुवा तथा क्रसर उद्योग दर्ता भइ अत्याधिक दोहन भइरहेको हो।
कैलालीका स्थानीय तहले नियमित नियमन र अनुगमन नगर्दा नदीजन्य पदार्थको दोहन तीव्र रुपमा भइरहेको छ। स्थानीय तहले नदीजन्य पदार्थ उत्खननका लागि ठेकेदारलाई ठेक्का दिइसकेपछि नियमन र अनुगमन नगर्दा जथाभाबी दोहन बढेको हो।
जिल्ला प्रशासन कार्यालय सिरहाले १३ जेठ २०७५ मा कानुनी हैसियतबिना सञ्चालित जिल्लाका क्रसर उद्योगमाथि कारबाही गर्न व्यहोराका पत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विवरणसहित पठायो। पत्र पठाएको सात महिना पुगे पनि मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन।
सेती नदीको किनारमा सञ्चालित अधिकांस क्रसर उद्योगको चरम लापरवाहीका कारण नदी फोहरको डंगुरका रुपमा परिणत हुन थालेको छ। बर्खामा देखिने धमिलो पानी क्रसर उद्योगका कारण हिउँदमा पनि देखिन थालेको छ। रातिको समयमा सङलो देखिने नदी विहानको उज्यालोसँगै धमिलिन सुरु हुन्छ।
गएको मंसीर २९ गते तीन दिनभित्र सम्पूर्ण खानी तथा क्रसर उद्योग बन्द गराइसक्न जिल्ला समन्वय समिति, ललितपुरले सबै स्थानीय तहलाई निर्देशन दियो। जिल्लामा धेरैजसो खानी तथा क्रसर उद्योग गैरकानुनीरूपमा संचालनमा हुँदै आएको र त्यसको अनुगमन गर्न समितिले खानी बन्द गराएको थियो। तर, उक्त निर्देशन कुनै पनि क्रसर उद्योग र व्यवसायीले पालना गरेनन्।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ९ गुफाडाँडाको राष्ट्रिय जलवायु सम्मेलनको चर्चा चलिरहँदा मेलम्ची नगरपालिका वडा नं. ६ का नेत्रबहादुर थापाले हरेक वर्ष सिँचाइका लागि ५ देखि ७ मिटर कुलोको मुहान सार्नु परेको दुःखेसो पोखे। इन्द्रावती बगरमा क्रसर उद्योग सञ्चालकहरूले मनोमानी रूपमा खोस्रिएकाले आफूहरूले हैरानी बेहोरेको किसानहरूको गुनासो थियो।