५ आश्विन २०८१ शनिबार
image/svg+xml

जरा टिप्न नपाउँदा संकटमा जीविका

लेकमा पाइने यार्सागुम्बा टिपेर वर्षभरिका लागि चाहिने खाद्यान्न, लुगाकपडा र छोराछोरीका लागि पढाइमा खर्च गर्ने सुर्मावासी २०७६ चैत दोस्रो सातादेखि लकडाउन जारी गरेसँगै आवतजावतमा समेत रोक लगाएपछि लेकमा गएर यार्सागुम्बा संकलन गर्न नपाउँदा आर्थिक मारमा परेका छन्।

यार्सागुम्बा जोखिममा पर्दै छः आइयुसियन

नेपालमा पाइने भएको बहुमूल्य जडीबुटी यार्सागुम्बालाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)ले पहिलो पटक रेड लिष्टमा राखेको छ। पछिल्ला वर्षहरूको यो जडीवुटीको व्यापारिक प्रयोजन ह्वात्तै बढेकोछ। यसले गर्दा आइयुसिनले संरक्षणका हिसाबले संकटमा परेको भनेर आफ्नो रेड लिष्टमा राखेको हो।

यार्सा टिप्न नपाउँदा जीविकोपार्जनमा समस्या

कोरोना भाइरसको जोखिम र लकडाउनका कारण यार्सा संकलनमा प्रतिबन्ध लगाइएपछि विपन्न परिवारको जीविकोपार्जनमा समस्या देखिएको छ । रुकुमपूर्व र डोल्पाका स्थानीयको आयआर्जनको मुख्य स्रोत नै यार्सा संकलन हो ।

यार्सा संकलकको दुखेसो : 'कोराेनाले रोजीरोटी खोस्यो'

जुम्ला पातारासी गाउँपालिका ४ तिर्खु गाउँका गणेश बोहोरा हरेक वर्ष पाटनमा यार्सा संकलन गर्न जान्छन् । यार्सा संकलनले उनको परिवारको रोजीरोेटी चलिरहेको हुन्थ्यो ।

यार्सागुम्बा खुला गर्ने सरकारको तयारी

कर्णाली प्रदेश सरकारले बहुमूल्य जडीबटी यार्सागुम्बा संकलन जेठ २५ गतेदेखि खुला गर्न तयारी गरेको छ । हुम्ला, मुगु, जुम्ला र डोल्पामा कोरोना भाइरस संक्रमण नदेखिएको र भारतबाट आउने त्यस क्षेत्रका नागरिकलाई सुर्खेतका क्वारेन्टिनमा व्यवस्थापन भएको अवस्था हुँदा यार्सागुम्बा संकलन गर्दा जोखिम नहुने प्रदेश सरकारले जनाएको छ ।

मुगु पाटनमा यार्सा टिप्न प्रतिबन्ध

मुगुको कार्मारोङ गाउँपालिकाले पाटनमा यार्सा टिप्न प्रतिबन्ध लगाएको छ । गाउँपालिकाले प्रतिबन्धका बाबजुद यार्सा टिप्‍न गए ५० हजार रुपैयाँ जरिवाना तिर्नु पर्ने निर्णय गरेको हो ।

यार्सागुम्बा सङ्कलनमा रोक, घरखर्च कसरी धान्ने?

हजारौँको सङ्ख्यामा यार्सागुम्बा सङ्कलन गर्न जाने क्षेत्रमा सङ्कलन अनुमति दिँदा जोखिम बढ्ने भएपछि सङ्कलनमा रोक लगाइएको हो।

मकालु वरुण राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा सङ्कलनमा रोक

सङ्खुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जले बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलनमा यस वर्ष रोक लगाइएको छ।

वन र निकुञ्जमा सुरक्षाकर्मीको गस्ती

कोरोना भाइरसको जोखिमबाट जोगिन र जोगाउन यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि डोल्पाका पाटनमा सुरक्षाकर्मीले गस्ती शुरु गरेका छन् । सामुदायिक वन समूहमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गस्ती गरिररहेका छन् ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा चोरी

यार्सागुम्बा चोरी गर्न चाेरहरु शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका वनहरुमा पुगेका छन् । निकुञ्जले यस वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाएको छ ।

यार्सागुम्बा संकलन  प्रतिबन्ध, संकलक मारमा

घरमा रोजगारी कसैको छैन, ११ जनाको परिवार छ, खेतबारीबाट उब्जिएको अन्नले दुई महिना खान पुग्दैन, परिवारको  मुखमा माड हाल्ने भनेकै यार्सागुम्बा संकलन गर्नुबाहेक अरू केही नभएको साइपाल गाउँपालिका–३  का ५४ वर्षीय करन बोहराको भनाइ छ।

यार्सा पाइने बुकीपाटन सुनसान

विगतका वर्षमा यतिबेला रुकुम तथा डोल्पाका बुकीपाटनमा सर्वसाधारणको भीडभाड हुने गथ्र्याे । यतिबेला यार्सा टिप्ने समय भएकाले रुकुम तथा अन्य जिल्लाका सार्वसाधारण पाटनमा पुग्ने गर्थे ।

आर्थिकोपार्जनको आधार गुम्न थालेपछि सर्वसाधारण चिन्तामा

गत वर्षको अन्तिम महिनादेखि अहिलेसम्म डोल्पाका उच्च हिमाली पाटनहरु हिउँले सेताम्मे छन् । बैशाखको तेस्रो साता लागि सक्दा समेत डोल्पाका यार्सायुक्त पाटनहरुमा हिमपात हुने क्रम जारि नै छ । हिमपातलाई डोल्पालीहरु शुभ साइतको रुपमा लिने गर्छन् ।

कोरोना भाइरसको जोखिमबाट बच्न डोल्पामा यार्सागुम्बा संकलनमा रोक

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न पूर्व सतर्कताका लागि हिमाली जिल्ला डोल्पामा यो वर्ष बहुमुल्य जडिबुटी यार्सागुम्बाको संकलनमा रोक लगाइएको छ । शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको कार्यालय सुलिगाड डोल्पामा शनिबार बसेको सरोकारवलाहरुको बैठकले विषम परिस्थतीका कारण यो वर्षको यार्सागुम्बा संकलनमा रोक लगाएको हो ।

यार्सा टिप्न रोकः राजस्व प्रभावित

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी (लकडाउन) का कारण यार्सागुम्बा टिप्नमा रोक लगाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्