२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

रुपन्देहीमा प्रहरी चौकीमाथि ढुंगामुढा, दुई थान हतियार लुटियो

रुपन्देहीको दक्षिणी मर्चवार वडवलियामा रहेको प्रहरी चौकीमा स्थानीयले ढुगांमुढा प्रहार गरेपछि त्यस क्षेत्रको अवस्था तनावग्रस्त भएको छ। आक्रमणकारीले प्रहरीको हतियार समेत लुटेका छन्।

चुनढुंगा उत्खनन गर्न र वनकाे रूख काट्न दिने सरकारकाे निर्णय

सरकारले जलविद्युतलगायत विभिन्न पूर्वाधार आयोजनाहरु निर्माण र सञ्चालनका लागि अवरोध हुने रुखहरू काट्नका लागि स्वीकृति दिने निर्णय गरेकाे छ। नदाह कोशी पुल, चतरा रुपनगर सडकको स्तरोन्नतिका लागि थप वन क्षेत्र प्रयोग गर्न दिने, चुनढुङ्गा उत्खननका लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि बैठकले गरेकाे छ।

पोखरा हुँदै काठमाडौंमा लागूऔषध भित्र्याउने नागढुंगामा पक्राउ

बाग्लुङ अर्गल–४ बस्ने ५० बर्षीय जुक्ते वनलाई प्रहरीले लागूऔषध चरेश ८ किलो ३ सय ३४ ग्राम सहित पक्राउ गरेको छ।

नागढुंगा-त्रिपुरेश्वर सडक खण्डको १२ किलोमिटरमा २५ 'स्टेअर्डर'

राजधानी भित्रिने प्रमुख नाका नाका नागढुंगादेखि त्रिपुरेश्वरसम्मको सडक विस्तार कार्यक्रम स्थानीयको अवरोधका कारण निर्धारित समयमा नसकिने देखिएको छ। १२.५ किलोमिटर सडक खण्डको छेउछाउका बासिन्दाले दायर गरेको मुद्दामा अदालतले २५ वटा अन्तरिम आदेश (स्टेअर्डर) जारी गरेको छ। त्यसबाहेक स्थानीयले पनि ठाउँठाउँमा विस्तार कार्यमा अवरोध जारी राखेका छन्।

ढुंगाखानीले बस्ती धरापमा

ढुंगाखानीले बस्ती नै जोखिममा परेपछि ललितपुर देवीचौर गाविसको माथिल्लो बुरुन्चुलीवासी त्रसित बनेका छन्। स्थानीयले विरोध गर्दागर्दै ललितपुर जिल्ला विकास समितिका केही कर्मचारी र खानी सञ्चालकले बस्ती रहेको पहाड उधिनेर ढुंगा निकाल्न थालेपछि स्थानीय त्रसित भएका हुन्।

अवैध ढुंगा-गिट्टी निकाल्ने २७ ट्रिपर नियन्त्रणमा

अवैध रुपमा गिट्टी-ढुंगा संकलन गरेको आरोपमा नवलपरासी जिल्ला विकास समितिले शनिबार २७ वटा ट्रिपर नियन्त्रणमा लिएको छ ।

इतिहासको कोसेढुंगा

२०४७ सालसम्म रुकुम, प्वाङ–९ की कमला रोकालाई राजनीति के हो, थाहै थिएन। राजनीतिबारे जानकारी होस् पनि कसरी! न उनका कुनै आफन्त राजनीतिमा थिए, न त राजनीति बुझ्न उनले औपचारिक/अनौपचारिक शिक्षा अध्ययन गर्ने अवसर पाएकी थिइन्।

ढुंगा–गिटी माफियाले सिध्याउँदै चुरे

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू भएको चुरे क्षेत्रबाट धमाधम ढुंगा, गिटी तथा वालुवको चोरी निकासी तिव्र रुपमा भइरहेको पाइएको छ। माफियाहरुले चुरे तथा राष्ट्रिय वन क्षेत्रवाट अनाधिकृत रुपमा चोरी तस्करी गरी खोला किनार मै चाँग लगाउने कार्य तिव्र रुपमा गरिहेपनि सम्बन्धित निकाय नियन्त्रणको प्रयास गर्न सकेको छैनन्। चुरे क्षेत्रका खहरे, खोला, खोल्सी तथा नदीहरुबाट निर्वाधरुपमा ढुँगा, गिटी र बालुवा अवैध रुपमा तस्करी भइरहेको छ।

त्रिपुरेश्वर-कंलकी-नागढुंगा विस्तार सुस्त

उपत्यका भित्रिने मुख्य नाका त्रिभुवन राजपथ अन्तर्गत त्रिपुरेश्वर–कंलकी–नागढुंगा भएर दैनिक हजारौं सवारीसाधन गुड्छन्। दिनहुँ हुने ट्राफिक जामले १२ किलोमिटर पार गर्न घन्टौं लाग्ने गरेको छ।

माइखोलामा ढुंगा डुब्यो, ५ को मृत्यु

इलाम- इलामको दानाबारी र महमाई गाउँबीच पर्ने माइखोलामा यात्रु बोकेको डुंगा डुब्दा ५ जनाको मृत्यु भएको छ। दसैंको टीका लगाउन आफन्तकहाँ जाने–आउने यात्रु चढेको डुंगा शुक्रबार दिउँसो पौने २ बजेतिर दुर्घटना भएको हो।

उफ्... कंलकी–नागढुंगा !

राजधानी प्रवेश गर्ने मुख्य नाका कलंकी–नागढुंगा सडकमा दैनिक हजारौं सवारीसाधन गुड्छन् । दुई लेनको करिब ९ किलोमिटर सडक पार गर्न भने घन्टौं लाग्छ । सडकको दुरवस्थाका कारण चालक, यात्रु र सर्वसाधारण हैरान छन् ।

औद्योगिकीकरणको कोशेढुंगा

सेज भनेको बन्द हड्तालरहित क्षेत्र हो तर नेपालको सेज ऐनमा त्यो व्यवस्था अटाउन सकेन। सेज ऐनको सबैभन्दा कमजोर पक्ष भनेकै यही हो।

बाढी आउँदा ढुंगा टिप्नेको लर्को

ठूलो वर्षा हुन थालेपछि धरानको सर्दु खोला उर्लिएर आउँछ । त्यतिबेला धरान–११ सगरमाथा बस्तीका ६६ वर्षे चन्द्रबहादुर बिकको बेचैनी बढ्छ । वर्षा बिस्तारै कम भएपछि उनी सर्दु खोलातिर दौडिन्छन् । चन्द्रबहादुर बेचैन हुनु र हत्तारिँदै दौडनु सर्दु खोलाले घर र बस्तीलाई क्षति गर्छ भन्ने चिन्ताले भने होइन ।

ढुंगा-गिट्टी निकासी रोकियो

जिल्लाका खोलाहरूबाट ढुंगा–गिट्टी, बालुवा उत्खनन र बिक्री–वितरण रोकिएको छ। सरकारको निर्णयअनुसार हरेक असारदेखि भदौ मसान्तसम्म खोलाबाट ढुंगा-गिट्टी र बालुवा निकाल्न रोकिएको स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्