१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

माइखोलामा ढुंगा डुब्यो, ५ को मृत्यु

इलाम- इलामको दानाबारी र महमाई गाउँबीच पर्ने माइखोलामा यात्रु बोकेको डुंगा डुब्दा ५ जनाको मृत्यु भएको छ। दसैंको टीका लगाउन आफन्तकहाँ जाने–आउने यात्रु चढेको डुंगा शुक्रबार दिउँसो पौने २ बजेतिर दुर्घटना भएको हो।

५ जनाको शव भेटिएपनि उनीहरूको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनास्थल जाँदै गरेका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने ६–७ जनाको शव भेटिएको खबर आएपनि पुष्टि हुन नसकेको बताए। दानाबारीबाट महमाई जाँदै गरेको डुंगा डुबेको स्थान चण्डालघाटबाट करिब २ किलोमिटर तल डुबेको डुंगा भने भेटिएको उनले जानकारी दिए। डुंगामा कति यात्रु चढेका थिए भन्ने थाहा नभएपनि पौडिएर निस्केका यात्रुले ४० भन्दा बढी यात्रु ढुंगामा रहेको बताएको प्रहरीले जनाएको छ।

                घटनास्थलमा अहिले स्थानीय, दानबारीस्थित प्रहरी, झापास्थित मेची अञ्चल प्रहरीलगायतबाट उद्धार टोली खटिएको छ। अहिलेसम्म २६ जनाको उद्धार गरिएको र बेपत्ताको संख्याबारे थाहा हुन नसकेको प्रहरी इन्स्पेक्टर रुद्र चुडालले बताए।

प्रकाशित: २८ आश्विन २०७३ १०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App