३१ वैशाख २०८१ सोमबार
image/svg+xml

यो वर्ष नेपालको आर्थिक वृद्धि दर ३.९ प्रतिशत: विश्व बैंक

नेपालको अर्थतन्त्र चालु आर्थिक वर्ष २०७८/०७९ मा ३.९ प्रतिशतले वृद्धि हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। यो वृद्धिदरको प्रक्षेपण स्थिर बजार मूल्यमा आधारित छ।

आर्थिक वृद्धिदर ७ प्रतिशतमा पुर्याउने : अर्थमन्त्री शर्मा

आर्थिक वृद्धिदरलाई सात प्रतिशतमा पुर्याउनका लागि मन्त्रालयले विकासका गतिविधिहरुलाई तिव्र बनाउने, करको दायरालाई विस्तार गर्ने, कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्नका लागि छुट दिने काम मन्त्रालयले गर्ने बताए

उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्छ : उपाध्यक्ष पौडैल

पौडेलले उत्पादनमूलक क्षेत्रको विकास नभई सेवा क्षेत्रले मात्रै नेपालले उच्च आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने बताए। उद्यमीले बेहोर्दै आएका जोखिम न्यूनीकरण गर्न सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जनाए। उनले नीति तथा कानुनमा एकरूपता र नयाँ सोचलाई समावेश गर्ने बताए।

आर्थिक वृद्धिको संशोधित लक्ष्य पनि नपुग्ने

विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ महामारीले अर्थतन्त्रमा पारेको असरका कारण यस वर्ष आर्थिक वृद्धिदरको संशोधित लक्ष्य पनि पूरा नहुने भएको छ।

२०७७ काे अर्थतन्त्र सुखद रहेन, आर्थिक वृद्धि ऋणात्मक

वर्षको पहिलो त्रैमासिक अर्थतन्त्रमा पनि कोरोनाले असर गरेको छ। पहिलो त्रैमासिकमा अर्थतन्त्र ४.६ प्रतिशतले ऋणात्मक रहेको तथ्यांक विभागले सार्वजनिक गरेको थियो। पछिल्ला दिनमा आर्थिक क्रियाकलापमा सुधार आएको छ। पहिलो त्रैमासले यो वर्षलाई पनि असर गर्ने अनुमान गरिएको छ। कोभिड–१९ का कारण अन्य क्षेत्रमा नकारात्मक असर परे पनि पुँजी बजार र डिजिटल भुक्तानीमा भने उत्साह देखिएको छ।

मुलुकको जिडिपी ४० खर्ब नजिक

विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण गत आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर करिब २ प्रतिशतले ऋणात्मक भएको छ।

आगामी वर्षबाट हामी ‘डबल डिजिट’ वाला आर्थिक वृद्धिदर हासिल गर्छौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षबाट नेपालले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने दाबी गरेका छन्। गण्डकी प्रदेशले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाल नयाँ युगमा प्रवेश गरिरहेको बताएका हुन्।

सन् २०२१ मा विश्वको आर्थिक वृद्धिदर चार प्रतिशत: विश्व बैंक

भर्खरै सुरु भएको सन् २०२१ मा विश्व अर्थतन्त्रको आकार ४ प्रतिशतले वृद्धि हुने विश्व बैंकले अनुमान गरेको छ। कोभिड १९ विरुद्धको प्रारम्भिक खोप अभियान व्यापक बन्दै जाने अनुमानका आधारमा विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो।

चालु आवमा आर्थिक वृद्धि २.१ प्रतिशत मात्र

विश्व बैंकले पछिल्लोपटक जारी गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ नामको प्रतिवेदनले कोभिड–१९ र बन्दाबन्दीका कारण आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

आर्थिक वृद्धि सुदूरपश्चिमको उच्च, बागमती कम

चालु आर्थिक वर्ष ०७६/०७७ मा सुदुर–पश्चिम प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च रहेको छ। कोभिड–१९ को प्रभावले सबै प्रदेशको आर्थिक वृद्धि खुम्चीएपनि गत आवको तुलनामा चालु आवमा सुदुर–पश्चिम प्रदेशले सबैभन्दा अधिक आर्थिक वृद्धि गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

आर्थिक वृद्धिमा कृषिको योगदान १० प्रतिशत बढ्ने

कोभिड–१९ को असरले आर्थिक वृद्धिदरमा अन्य क्षेत्रको योगदान खुम्चिए पनि कृषिको करिब १० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्ष ०७६/७७ को आर्थिक वृद्धिमा कृषिको योगदान ३२.७ प्रतिशत रहने अनुमान छ । गत आवमा यो २१.२ प्रतिशत थियो ।

अर्थतन्त्र २.३ प्रतिशतमा खुम्चने

सरकारले यो वर्ष साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि कोरोना भाइरसको असरका कारण अर्थतन्त्र २.३ प्रतिशतमा खुम्चिने देखिएको छ।

आर्थिक वृद्धि २.३ प्रतिशत, प्रतिव्यक्ति आम्दानी १ हजार ८५ अमेरिकी डलर

सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ। मंगलबार अर्थमन्त्री युवराज खतिवडाले संसदमा चालु आवको आठ महिनाको आर्थिक अवस्था, नीति कार्यान्वयन लगायतका विषयमा जानकारी गराउँदै यो वर्ष आर्थिक वृद्धि २ दशमलव ३ प्रतिशत खुम्चीने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्