८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्छ : उपाध्यक्ष पौडैल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले सस्तोमा वस्तु उत्पादन गर्ने अवसर दिई नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन्। नेपाल उद्योग परिसंघले मंगलबार आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उपाध्यक्ष पौडेलले सरकारको खर्च घटाई उद्यमीलाई सहुलियत दिने बाटोमा अघि बढ्नुपर्ने बताए।

सरकारले दीर्घकालीन राजस्वको स्रोतहरू खोज्ने उपाध्यक्ष पौडेलले बताए। ‘हामीले निजी क्षेत्रलाई करको दायरा कम गर्ने बाटोमा अघि बढ्छौं,’ उनले भने, ‘दीर्घकालीन राजस्वका स्रोत खोज्ने र सरकारको खर्च कम गर्ने बाटोमा हामी अघि बढ्छौं।’ पौडेलले उत्पादनमूलक क्षेत्रको विकास नभई सेवा क्षेत्रले मात्रै नेपालले उच्च आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने बताए। उद्यमीले बेहोर्दै आएका जोखिम न्यूनीकरण गर्न सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जनाए। उनले नीति तथा कानुनमा एकरूपता र नयाँ सोचलाई समावेश गर्ने बताए।

पौडेलले अर्थतन्त्रमा उत्पादनशील क्षेत्रको योगदान कमजोर रहेको यथार्थ विवरण सार्वजनिक गरिएको बताए। सरकारको चालु खर्च उच्च रहेको उल्लेख गर्दै पुँजीगत खर्च वृद्धि गर्नुपर्ने चुनौती रहेको धारणा राखे। कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्न उत्पादनमुखी अर्थतन्त्रलाई पहिलो उद्देश्य बनाएर काम गर्नुपर्ने बताए। अध्यक्ष अग्रवालले परिसंघले औद्योगिक विकास र उत्पादनमूलक अर्थतन्त्रको जग बसाल्न मेक इन नेपाल–स्वदेशी अभियान सञ्चालन गरेको भन्दै उक्त अभियान सञ्चालन गर्ने सोच कार्यान्वयन गर्ने  महत्त्वपूर्ण श्रेय उपाध्यक्ष पौडेललाई जाने धारणा राखे। 

उनले उपाध्यक्ष पौडेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव नेपालको अर्थतन्त्रको तीव्र विकास गर्न, निजी क्षेत्रलाई प्रोत्साहन गर्न र प्रतिस्पर्धात्मक बजार प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे। कार्यक्रममा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले मेक इन नेपाल–स्वदेशी अभियान कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका खेलेकोमा उपाध्यक्ष पौडेललाई धन्यवाद दिए।

प्रकाशित: २७ श्रावण २०७८ ०२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App