२३ आश्विन २०८१ बुधबार
image/svg+xml

गोरखाको भुम्लिचोकमा अजिङ्गर फेला

गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा आज अजिङ्गर फेला परेको छ। करिब २२ केजी तौल भएको अजिङ्गर त्रिशूली नदी किनार नजिकै सडकमा भेटिएको सबडिभिजिन वन कार्यालय सिउरेनीटारका प्रमुख वन अधिकृत रविआनन्द गोपालीले जानकारी दिए।

बागलुङमा बेवारिसे शव फेला

बागलुङमा सडेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ। जिल्लाको निसीखोला गाउँपालिका-६ पातीहाल्ने नजिकैको जंगलमा बेवारिसे शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीले बताए।

चितवनमा निउराे टिप्न जंगल पसेका बृद्ध मृत फेला

चितवनमा जंगलमा निउराे टिप्न गएका एक बृद्ध मृत फेला छन् । पूर्वि चितवनको रत्ननगर नगरपालिका ७ स्थित बागमारा मध्यवर्ती सामुदायिक वनमा निउराे टिप्न गएका अन्दाजि ७६ बर्षका नबराज अधिकारी आज बिहान मृत फेला परेका हुन्।

पुरुषको शव फेला

बागलुङमा एक पुरुषको शव फेला परेको छ। गलकोट नगरपालिका-५ भैंसेस्थित खरबारीमा ताराखोला गाउँपालिका-५ सानो हिलेका ४० वर्षीय झलिराम पुन मगरको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।

अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला

अभिनेता सारुक ताम्राकारको निधन भएको छ। बिहिबार राति आफ्नै घरमा झुण्डिएको अवस्थामा उनी मृत फेला परेका हुन्।

बसुन्धरामा फेला फरेको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय

काठमाडौँको बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ। शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो।

नाला सफाइ गर्ने क्रममा ठूलो परिमाणमा बन्दुकको गोली फेला

वीरगञ्ज महानगरपालकाको एक वडाको नाला सफाइ गर्ने क्रममा आइतबार ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ ।

हेटौँडामा वृद्ध दम्पती झुण्डिएको अवस्थामा मृत फेला

मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन्।

गर्मी छल्न पौडी खेल्न गएका दुई बालक मृत फेला

गर्मी बढेसंगै सिचाई पोखरीमा पौडी खेल्न जाँदा जाजरकोटमा दुई बालकको ज्यान गएको छ। पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको हो।

कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि चार बालबालिका जीवितै फेला

कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि अमेजन जंगल हराइरहेका चार बालबालिका जीवितै फेला परेका छन्।

ब्राजिलको आदिवासी क्षेत्रमा आठ जना मारिए

उत्तरी ब्राजिलको आदिवासी क्षेत्रमा आठ जना मृत फेला परेका छन्। संरक्षित खानी क्षेत्रमा अवैध गतिविधि गर्नेहरूले उनीहरूलाई मारेको आशङ्का गरिएको छ। जङ्गलभित्र गोप्य आधार शिविर बनाएर सुन खोज्ने र त्यस्ता अवैध गतिविधि हुन नदिनेबीचको झडपमा सर्वसाधारण मारिने गरेका छन्।

ताप्लेजुङको तेल्लोकस्थित घिमिरे खोलामा एक व्यक्तिको शव फेला

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ४ तेल्लोकस्थित घिमिरे खोलामा एक व्यक्तिको शव भेटिएको स्थानीयले बताएका छन्।

रुकुममा सिस्नो टिप्न गएका दुई दिदीबहिनी मृत फेला

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदीबहिनी मृत फेला परेका छन्। बुधबार साँझ सिस्नो टिप्न भनी निस्केका उनीहरु आज बिहान मृत फेला परेका हुन्।

कपिलवस्तुमा मात्रै ४३१

कपिलवस्तुमा चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा ४३१ जना नयाँ क्षयरोगी फेला परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्