२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गर्मी छल्न पौडी खेल्न गएका दुई बालक मृत फेला

गर्मी बढेसंगै सिचाई पोखरीमा पौडी खेल्न जाँदा जाजरकोटमा दुई बालकको ज्यान गएको छ। पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको हो।  

डबेर मृत्यु हुनेहरुमा भेरी नगरपालिका– १३ का नरबहादुर बस्नेतका छोरा ८  वर्षका पाण्डप बस्नेत र टीकाराम बस्नेतका छोरा ९ वर्षका प्रमोद बस्नेत रहेका छन्। खानेपानी तथा सिँचाइका लागि बनाइएको घर नजिकै पोखरीमा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको स्थानीयले बताए। घर नजिकै पोखरीमा पौडी खेल्ने क्रममा दुई बालकहरु डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक नविन चदालीले बताए।

प्रकाशित: २७ जेष्ठ २०८० ०७:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App