२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङको तेल्लोकस्थित घिमिरे खोलामा एक व्यक्तिको शव फेला

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ४ तेल्लोकस्थित घिमिरे खोलामा एक व्यक्तिको शव भेटिएको स्थानीयले बताएका छन्। स्थानीय लक्ष्मीप्रसाद भट्टराईले सामाजिक सञ्जालमार्फत नङ्ग अवस्थामा शव देखिएको तर कसको हो भन्ने पहिचान नभएको भन्दै कसैको परिवारका सदस्य हराएको भए खोजी गर्न आग्रह गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीले यो बिषयमा प्रहरीलाई खबर आएको र घटनाको वास्तविक अध्ययनका लागि इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ गएको जानकारी दिए। 

प्रकाशित: १२ वैशाख २०८० १०:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App