१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चितवनमा निउराे टिप्न जंगल पसेका बृद्ध मृत फेला

चितवनमा जंगलमा निउराे टिप्न गएका एक बृद्ध मृत फेला छन् । पूर्वि चितवनको रत्ननगर नगरपालिका ७ स्थित बागमारा मध्यवर्ती सामुदायिक वनमा निउराे टिप्न गएका अन्दाजि ७६ बर्षका नबराज अधिकारी आज बिहान मृत फेला परेका हुन्।  

प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा जंगली जनावरले आक्रमण गरेको जस्तो देखिएको छ। शरिरको विभिन्न भागमा चोट देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी विजयराज पण्डितले जानकारी दिए। अधिकारी निउराे टिप्न हिजो जंगल पसेका थिए। बिहिबार साँझसम्म घर नआएपछि खोज्ने क्रममा जंगलमा मृत अवस्थामा फेला परेका हुन्।

प्रकाशित: ५ श्रावण २०८० ०३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App