२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि चार बालबालिका जीवितै फेला

तस्बिर साैजन्यः बीबीसीबाट

कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि अमेजन जंगल हराइरहेका चार बालबालिका जीवितै फेला परेका छन्।  

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोका अनुसार अमेजनमा 'जङ्गलका बच्चाहरू' जस्तै बाँचेको एक महिनाभन्दा बढी समयपछि चारजना बच्चाहरू जीवित फेला परेका हुन्।

बीबीसीका अनुसार ति बालबालिका १३, नौ, चार र एक वर्षका छन्। उनीहरु आफ्नी आमा, एक पाइलट र को-पाइलटसँगै मे १ मा विमान दुर्घटनामा परेका थिए।  

उनीहरुसँगै रहेका तीन वयस्कको शव सेनाले दुर्घटनास्थलमा फेला पारेको थियो। तर जिवितै रहेका बालबालिका भने भग्नावशेषबाट उम्कन र मद्दत खोज्न अमेजन जंगलमा छिरेको नागरिक उड्डयन प्राधिकरणको प्रारम्भिक जानकारीका आधारमा रोयटर्स समाचार एजेन्सीले जनाएको छ।

राष्ट्रपति गुस्ताभो पेट्रोले हप्तौंको खोजीपछि बालबालिका फेला पार्नु 'पूरै देशका लागि खुशी'भएको बताएका छन्। राष्ट्रपति पेट्रोले ४० दिनदेखि बेपत्ता भएका भाइबहिनीहरूलाई हेरचाह गर्दै गरेका सैन्य र आदिवासी समुदायका धेरै सदस्यहरूको फोटो सार्वजानिक गर्दै उनीहरु भेटिएको खबर दिएका हुन्।  

उनले यसलाई 'जादुई दिन' को संज्ञा दिँदै भने, 'उनीहरू एक्लै थिए, उनीहरूले आफैंले पूर्ण अस्तित्वको उदाहरण हासिल गरे जुन इतिहासमा रहनेछ।'

'आदिवासी परिवारहरूबाट उनीहरूको सिकाइ र जंगलमा बस्ने उनीहरूको सिकाइले उनीहरूलाई बचाएको छ,' पेट्रोले बताएका छन्।

ति बालबालिकाहरु हुइटोटो आदिवासी समूहका हुन् र तिनीहरूको समुदायका सदस्यहरूले फलफूल र जङ्गल बाँच्न सक्ने सीपहरूको ज्ञानले उनीहरूलाई बचाइराखेको आशा गरिएको छ।  

उनले भने कि बच्चाहरूले अब चिकित्सा हेरचाह पाइरहेका छन्। र उनीहरूका हजुरबुबाले, 'आमा जंगलले उनीहरूलाई फिर्ता गर्यो' भन्ने प्रतिक्रिया दिएका छन्।

बच्चाहरू र तिनीहरूकी आमाले यात्रा गरिरहेका 'सेस्ना २०६ विमान' अमेजोनस प्रान्तको अराराकुराबाट सान जोसे डेल ग्वाभियरका लागि उडान गरेको थियो। तर यसले इन्जिन फेल भएका कारण मेडे अलर्ट जारी गरेको लगत्तै दुर्घटना भएको बताइएको छ।  

प्रकाशित: २७ जेष्ठ २०८० ०६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App