७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

श्रीलंकन नागरिक बन्धक बनाउने चार पाकिस्तानी पक्राउ

वैदेशिक रोजगारीको आश्वासनमा श्रीलंकन नागरिकलाई नेपालमा ल्याएर बन्धक बनाउने चार जना पाकिस्तान नागरिक प्रहरीको फन्दामा परेका छन्।

आजै टोकन, आजै श्रम स्वीकृति

वैदेशिक रोजगार कार्यालयले आधा घण्टामै श्रम स्वीकृति दिएपछि सिन्धुपाल्चोकबाट आएका एक युवा आश्चर्यमा परे।

सीप सिक्दै गोठी गाउँका महिला

गुठिचौरका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन्। जुम्लाको गुठिचौर गाउँपालिका– २ गोठी गाउँका महिला गाउँमै आलु चिप्स बनाउने सीप सिकेर स्वरोजगार बन्न लागेका हुन्।

बाँझो जमिनमा खेती गराउँदै कुश्मा नगरपालिका

बढ्दो युवा पलायन,जनशक्तिको अभाव,बाँदर आतङ्कलगायत कारणले जमिन बाँझो रहने क्रम बढेपछि त्यसलाई रोक्न कुश्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई त्यसतर्फ केन्द्रित गरेको छ।

दुबईमा युवा अलपत्र पार्ने म्यानपावरलाई कारबाही गर्न दूतावासको सिफारिस

वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) पठाएर अलपत्र पार्ने एक म्यानपावर कम्पनीमाथि कानुनी कारबाही गर्न दूतावासले सिफारिस गरेको छ।

स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले रोजगारी पनि दिन्छ भन्ने लागेको थिएन।

सम्भव छ घण्टाभरमै वैदेशिक रोजगारीको श्रम ?

पूर्वघोषणाअनुसार वैदेशिक रोजगार तथा श्रम कार्यालयहरूले एक घण्टामा श्रम स्वीकृति दिन सकेका छैनन्।

अर्थतन्त्र धानेका श्रमिकलाई विमानस्थलमा अमर्यादित र अभद्र व्यवहार नगर्नुस्: गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिएका छन्।

जोस हुँदा विदेश, होस गुम्दा स्वदेश

कोही बोल्नै हुन्न। दिउँसै गाडीको आवाजले यत्तिकै तर्सन्छु। गाडी चढ्नु त परको कुरा हो। अस्पताल जाँदा केही भएको छैन् भन्छन्। घरमा श्रीमती तपाईँलाई सन्चो छैन्, आराम गर्नु भन्छिन्। भाकोचाहिँ मलाई के रहेछ, तिमीलाई थाहा छ नानी ?’

‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’

‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– २ का एक युवाले सावित गरिदिएका छन्।

अब ‘खाडीमा भेटौंला’ होइन, ‘सहसचिव बनौंला’ !

भक्तपुरस्थित बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले २०७९ चैत पहिलो साता आफ्नो साथीको सर्टमा लेखेको ‘खाडीमा भेटौंला’ भन्ने सन्देश लामो समयसम्म चर्चामा रह्यो।

रोजगारी खोज्ने फाइल चोरी गरेको आरोपमा तीनजना पक्राउ

करिब २० वर्ष उमेर समूहका तीन जनालाई आइतबार पक्राउ गरिएको र मङ्गलबार अनुसन्धान मजिस्ट्रेटले उनीहरूमाथि आरोप लगाउने साइबर अपराध अनुसन्धान एकाइले विज्ञप्तिमा बताएको छ।

आफ्नै मन्त्रालयको कार्यविधि खण्डन गर्दै श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आफैंले सार्वजनिक गरेको ई– ७ भिसामा कोरिया कामदार पठाउने निर्णय नभएको भन्दै मंगलबार विज्ञप्ति जारी गरेको छ।

विदेशी बन्दीगृह र अस्पतालमा रहेका श्रमिकको विवरण उपलब्ध गराउन श्रम मन्त्रीको निर्देशन

वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृह तथा अस्पतालमा उपचाररत रहेका नेपाली श्रमिकको अवस्थाको तथ्याकं उपलब्ध गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्