१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

श्रीलंकन नागरिक बन्धक बनाउने चार पाकिस्तानी पक्राउ

वैदेशिक रोजगारीको आश्वासनमा श्रीलंकन नागरिकलाई नेपालमा ल्याएर बन्धक बनाउने चार जना पाकिस्तान नागरिक प्रहरीको फन्दामा परेका छन्।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरी बन्धकको उद्धार गरेको छ। पक्राउ पर्नेमा पाकिस्ताको रावलपिण्डीका ५७ जुबेर अम्जाद, गुजरनवालाका ४२ वर्षीय शाह जेहान तानबिर, ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह छन्।

उनीहरूले चार जना श्रीलंकन नागरिकलाई क्यानडा, रोमानिया, ग्रिस लगायतका देशहरूमा पठाइदिने विश्वासमा पारेर नेपाल भित्र्याएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नेपाल भित्रिएका चारैजनालाई ठमेल र बसपार्कका होटलमा राखी राहदानी नियन्त्रणमा लिएर बन्धक बनाएका राखेका थिए। बन्धक बनाएपछि धाकधम्की, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई नगद समेत लिएका थिए।

‘उनीहरूको शंकास्पद् गतिविधि ड्युटीमा रहेको टोलीबाट थाहा भएको थियो। सोही सूचना पछ्याउँदै जाँदा घटनाको खुलासा भएको छ,’ अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक९एसपी० नकुल पोखरेलले भने।

पक्राउ परेका चारैजनालाई अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा थप अनुसन्धान तथा कारबाही प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको उनले बताए। 

प्रकाशित: २३ चैत्र २०८० १७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App