२ असार २०८१ आइतबार
image/svg+xml

दिल्लीको कोठीबाट नाबालिकासहित तीन जनाको उद्दार

भारतको दिल्लीस्थित चर्चित जिबी रोडमा रहेको ६४ नम्बर कोठीबाट एक नाबालिका र दुई नेपाली युवतीको उद्दार गरिएको छ। भारतको आग्रास्थित कास्मिरी बजारमा रहेको एक कोठीबाट ५ नेपाली युवतीलाई उद्दार गरेको एक महिना नपुग्दै माईती नेपालको अगुवाईमा पुनः उद्दार गरिएको हो।

संरक्षण विहीन बालबालिकाको उद्दार

रुकुमको त्रिवेणी गाउँपालिका वडा नम्बर १० पेउघाकी केशरी ओलीले २०७० मा गरिबीका कारण आत्महत्या गरिन्। चार सन्तानलाई जन्म दिएकी केशरीले आत्माहत्या गरेपछि आर्थिक अवस्था निकै कमजोर भएका उनका पति सोविराम ओली रोजगारीका लागि चार वर्ष अघि भारत गए। भारत गएपछि उनको अत्तो पत्तो भएन्। अहिले उनी बेखबर छन्।

भारतीय जेलबाट नेपाली बालिकाको उद्दार

भारतको उत्तर प्रदेश स्थित बहराइज जेलवाट एक नेपाली बालिकाको उद्दार गरिएको छ। जिल्ला बालकल्याण समितिको प्रयास पछि यहाँस्थित आठवीसकोट नगरपालिकाकी ६ बर्षिया बालिकाको उद्दार गरिएको हो।

भारत पुगेको गैंडालाई डुंगामा राखेर उद्दार

गएको साउनको अन्तिममा आएको बाढीले बगाएर भारतसम्म पुगेका चितवन राष्ट्रिय निकुञ्जको दुर्लभ एकसिंगे गैंडाको उद्धार गर्ने कार्य अझै पनि जारी नै छ। बगेर गएको १० औं र भारत पुगेको नवौं गैंडाको उद्धार कार्य अरुभन्दा केही पृथक पनि भयो। भारतमा बेहोस पारेर नेपाल ल्याउने क्रममा गैंडालाई केही बेर डुंगामा पनि चढाउनु परेको थियो।

दुई सुत्केरीको हेलिकप्टरबाट उद्दार

उत्तरी गोरखाको धार्चे गाउँपालिका ६ काशिगाउँबाट मंगलवार दुई जना सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ।

उद्दार र राहतमा चाहिएको तदरुकता

पीडितको उद्दार र राहत वितरण पहिलो प्राथमिकतामा पर्नुपर्नेमा दुई मत हुनै सक्दैन। त्यसैले सरकारले आफ्ना सम्पूर्ण संयन्त्र प्रयोग गरेर प्रत्येक पीडितसमक्ष पुग्न सक्नु उसको दायित्व नै हुन आउँछ।

उद्दारमा पाँच हेलिकप्टरसहित ७ हजार नेपाली सेना परिचालन

नेपाली सेनाले बाढी र पहिरो पीडितको उद्वारको लागि पाँच वटा हेलिकप्टर र सात हजार सैनिक परिचालन गरेको छ। अहिलेसम्म सेनाले ४५ सय जनाको स्थल र ११ सय जनाको हवाई उद्वार गरेको जनाएको छ।

नेपाली सेनाको २१ सय जनाको विशेष उद्दार टोली सक्रिय

अविरल बर्षाका कारण तराई–मधेसको बाढी तथा पहाडी जिल्लामा गएको पहिरोका घटनामा नेपाली सेनाले करिव २१ सयको उद्धार टोली खटाएको जनाएको छ। उद्धार टोली आवश्यक उद्धार सामाग्री सहित निरन्तर रुपमा सक्रिय रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

मानसिक सुन्तलन गुमाएका खत्रीको कतारबाट उद्दार

कतारमा मानसिक सन्तुलन बिग्रेर बेवारिसे अवस्थामा पुगेका यहाँका एक नेपालीलाई उदयपुरेहरुले उद्दार गरी नेपाल फर्काएका छन्। रोजगारीको सिलसिलामा दुईवर्षदेखि कतारमा कार्यरत रहँदा मानसिक सन्तुलन गुमाएर बेवारिसे अवस्थामा पुगेका जिल्लाको पूर्वी बसाहा–बेलटार नगरपालिका ३ सातधारेका खम्बसिंह खत्रीलाई उदयपुरको संस्था ‘उदयपुर प्रवासी समाज, कतार’ को पहलमा नेपाल फर्काइएको हो।

सप्तकोसीमा डुंगा पल्टियो, ३७ जनाको उद्दार

सुनसरीको श्रीलंका टापुबाट कोसी पूर्वको प्रकाशपुर राजावास आउँदै गरेको डुंगा सप्तकोसीमा पल्टिएको छ । ३७ जनाको उद्दार गरिएको छ भने केही बेपत्ता भएको प्रहरीले जनाएको छ

साउदीमा अलपत्र नेपालीको उद्दार

काठमाडौँ- साउदीमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गरिएको छ । पीडितहरुको महानगरीय अपराध महाशाखाको बिशेष पहलमा साउदी स्थित नेपाली दुतावास तथा अन्य सम्बन्धित सरोकारवाला निकायसँगको समन्वयमा उद्दार गरी नेपाल ल्याइएको हो।

भारततर्फ बेच्न लगिएको आठ बालकको उद्दार

बालकलाई भारततर्फ बेच्न लैजाँदै गरेको अवस्थामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पले गढीमाई नगरपालिका– १ पथलैया चोकबाट बेच्न लगिएका बालकसहित बेच्ने कार्यमा संलग्न रहेको अभियोगमा मकवानपुर गोगने– ६ का करण सिंह वाइबा, दोर्जे लामा र दोलखा जिल्ला गाविस मागदौवा अनिता तामाङलाई पक्राउ गरेको हो।

भारतीय प्रहरीद्वारा २२ नेपाली युवतीको उद्दार

भारतीय प्रहरीले एक होटलमा छापा मार्दै बेचिन लागेका २२ नेपाली युवतीको उद्दार गरेको छ। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थनल नजिकै रहेको एक होटलमा छापा मार्दै उनीहरुलाई उद्दार गर्न गरेको प्रहरीले जनाएको छ। प्रहरीले नेपाली दूतावासको आग्रहमा उक्त होटलमा छापा मारेको जनाएको छ।

हराएका दुई बालकको उद्दार

रुकुम– इलाका प्रहरी कार्यालय बाँफिकोटले दुई बालकको उद्दार गरेको छ। रुकुमकोट ६ का १४ वर्षीया दीपक विक र पोखरा ६ का १२ वर्षीया मदन विकलाई प्रहरीले उद्दार गरेको हो।

छ महिनादेखि बाँधिएकी गर्भवतीको उद्दार

उदयपुर– घरमै ६ महिनादेखि बाँधेर राखिएकी यहाँकी एक गर्भवती महिलाको स्थानीय अधिकारकर्मीहरुले उद्दार गरेर उपचारार्थ अस्पताल भर्ना गरेका छन्। मानसिक सन्तुलन गुमाएका कारण परिवारबाटै बाँधेर राखिएकी ५ महिनाकी गर्भवती सृजना कार्की (खड्का) को गैरसरकारी संस्था महासंघ उदयपुरले उद्दार गरी बुधबार उपचारार्थ जिल्ला अस्पताल उदयपुर भर्ना गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्