११ असार २०८१ मंगलबार
image/svg+xml

फेवातालमा डुंगा पल्टँदा २ युवक बेपत्ता, ६ काे उद्दार

पोखरा- फेवातालमा डुंगा पल्टिँदा दुईजना युवक बेपत्ता भएका छन्। आठजना सवार डुंगा तालको बीचभागमा पुग्दा पल्टेको थियो।

राप्तीकाे बाढीमा फसेका थप २२५ सहित ८९८ को उद्दार

होलिया (बाँके)– राप्ती नदीको बाढीमा फसेका बाँके, होलिया र गंगापुरका थप २ सय २५ जनाको बुधबार उद्दार गरिएको छ । होलिया– ३ र ४ चौफेरी गाउँका १ सय ४ जनालाई हेलिकप्टरबाट र गंगापुर–१ कुडवा गाउँका १ सय २१ जनालाई डुंगाको सहायताले उद्दार गरिएको हो।

बाढिपहिरो पीडितलाई तत्काल उद्दार र राहत देउः उपेन्द्र यादव

काठमाडौं– संघीय समाजवादी फोरमले बाढिपहिरोको प्राकृतिक विपत्मा परेकाहरुलाई तत्काल उद्दार र राहत सहयोग पुर्याउन सरकारलगायत सरोकारवालासँग माग गरेको छ। बाढिपहिरो र डुबानका कारण तराई तथा पहाडका जिल्लाहरुमा हजारौं घर डुबानमा परेका, पहिरोमा बगेका तथा सयौंले ज्यान गुमाएका तथा कयौं व्यक्ति जोखिममा फसिरहेको भन्दै उक्त पार्टीले राहत सहयोग तथा उद्दार कार्य तत्काल अघि बढाउन आग्रह गरेको हो।

सेनाको हेलिकोप्टरमार्फत तातोपानीबाट ५८ जनाको उद्दार

काठमाडौं– भोटेकोशीमा आएको बाढीपछि घरवारविहिन भई ४ दिनदेखि आपत्मा फसिरहेका तातोपानीका ५८ जना पीडितलाई शुक्रबार उद्दार गरिएको छ। नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरबाट पटकमा ५८ जनालाई तातोपानीबाट बाह्रविसे बजारमा ल्याएर उद्दार गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दवाडीले बताए।

पहिरोले ६ जना पुरिए, तीन जनाको उद्दार

उत्तरी गोरखाको केरौंजामा पहिरो खस्दा ६ जना पुरिएका छन्। केरौंजा बेसीबाट केरौंजा जाँदै गरेका ६ जना अचानक पहिरो खसेपछि पुरिएका हुन्। पुरिएका मध्ये तीजजनाको उद्दार गरिएको प्रहरीले जनाएको छ।

उद्दार तथा राहतका लागि तयारी अवस्थामा रहन समितिको निर्देशन

व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले विपद् व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न सरकारलाई निर्देशन दिएको छ। सोमबार बसेको समितिको बैठकले बर्षायाममा हुने प्राकृतिक विपद् व्यवस्थापन गर्न समन्वयात्मक विशेष कार्य संचालन केन्द्र संचालन गर्न निर्देशन दिएको हो।

पहिरोमा फसेका ७ जनाको नेपाली सेनाद्वारा सकुशल उद्दार

काठमाडौँ– नेपाली सेनाले वर्षाका कारण धादिङको री गाविस–९ को चेप्राङमा गएको पहिरोमा फसेका सात जनाको आज सकुशल उद्धार गरेको छ ।

घरबाट भागेर भारत जानलागेका ३ किशोरको उद्दार

बैतडी– घरबाट भागेर भारत जानलागेका ३ किशोरलाई बैतडीको झुलाघाट नाकाबाट प्रहरीले उद्दार गरेको छ। आइतबार प्रहरीले सिमानाकामा सोधपुछ गर्दा भागेर भारत जान लागेको थाहा पाएपछि सीमा प्रहरीले उद्दार गरेको हो।

राहत तथा उद्दारमा जुट्न कांग्रेसको आग्रह

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाले केही दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो र बाढीबाट प्रभावित जनताको उद्दार र राहतमा जुट्न आग्रह गरेको छ।

भारतको सीमाबाट ८ बालकको उद्दार

बर्दिया-सशस्त्र प्रहरीले नेपाल भारतको सीमावाट ८ जना बालकको उद्दार गरेको छ। बालश्रमका लागी भारत लैजाने क्रममा ८ जनालाई उद्दार गरेको प्रहरीले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्