१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

राजपुर बमकाण्ड : आलमलाई आठ महिनादेखि पछ्याइरहेको थियो प्रहरी

राजपुर बमकाण्ड मुख्य योजनाकार महम्मद महताब आलमलाई पक्राउ गर्न प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुरले आठ महिनादेखि पछ्याइरहेको बुझिएको छ। सोमबार पक्राउ गरिएका आलमलाई प्रहरीले भारतको विभिन्न शहरमा खोजी गरेको थियो।

मुख्य योजनाकार महताब पक्राउ

‘राजपुर बम काण्ड’ का मुख्य योजनाकार महम्मद महताब आलमलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सोमबार बिहान रौतहतको बौद्धिमाई नगरपालिका–७ बडकी बंकुल क्षेत्रबाट पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

राजपुर बम काण्ड : यसरी पक्राउ परे महताब आलम

राजपुर बम कान्डका मुख्य योजनाकार मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालय जनकपुरको प्रहरी टोलीले पुर्पक्षका लागि जेलमा रहेका नेपाली कांग्रेसका नेता तथा सांसद महम्मद आफताब आलमका भाइ महम्मद महताब आलमलाई पक्राउ गरेको हो।

राजपुर बमकाण्डका आरोपी महताफ आलम पक्राउ

पहिलो संविधानसभा चुनावअघि रौतहटको राजपुरमा भएको बमकाण्डका अर्का आरोपी महताफ आलम पक्राउ परेका छन्। उनी बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताव आलमका भाइ हुन।

राजपुर बम काण्ड: अदालतको आदेशपछि साक्षीहरुको बयान लिन सुरु

चर्चित राजपुर बमकाण्ड मुद्दाको विषयमा बुधबारदेखि अदालती कारबाही अगाडि बढाइएको छ। रौतहटको राजपुर बम काण्डको मुद्दाअन्तर्गत जिल्ला अदालत गौरको आदेशबाट बुधबारदेखि साक्षी बकपत्र सुरु भएको छ।

मध्यरातमा आलमको घरमा छापा, प्रहरीलाई नै घेराबन्दीमा पारेपछि दर्जनौँ राउन्ड हवाई फायर

रौतहटको राजपुरमा गएराति प्रहरीले राजपुर बम काण्डका आरोपितलाई पक्राउ गर्न पूर्वमन्त्री महम्मद आफताब आलमको घरमा छापा मारेको छ। आलमका भाइ महताब आलम घरमा आएको सूचनाको आधारमा आलमको घरमा प्रदेश प्रहरीले छापा मारेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्