१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

क्याप्शन

नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण सुरु भएको छ ।  

पार्टीका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित र राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूका लागि ‘संसदीय सचेतना’का लागि पार्टीको केन्द्रीय कार्यालयमा अभिमुखीकरण सुरु भएको हो ।  

नवनिर्वाचित सांसदहरूका लागि ‘संसदीय सचेतना’ कार्यक्रम गर्ने भएको छ । कांग्रेसले कांग्रेसले तय गरेको कार्यतालिका अनुसार पार्टी सभापति गगनकुमार थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेले नवनिर्वाचित सांसदहरूलाई प्रशिक्षण दिने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।  

कांग्रेसले पार्टीका तर्फबाट संसदीय अभ्यास, प्रक्रिया एवं प्राथमिकता तथा पार्टीको प्रतिज्ञापत्रबारे बुझाउन ‘संसदीय सचेतना’ कार्यक्रम आयोजना गरेको उनले बताए ।  

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका छन् । यस्तै राष्ट्रियसभामा कांग्रेसबाट नौ जना नवनिर्वाचित सांसदहरू छन् ।

प्रकाशित: १४ चैत्र २०८२ १६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App