लकडाउन प्रभाव : सुरक्षित बन्दै दशगजा बसोबास
भारतीयपक्षले बेलाबेलामा गर्ने बाधा र अवरोध बिच दशगजा क्षेत्रका सीमावर्ती गाउँ अशान्त थिए । राज्य संयन्त्रको पहुँच नहुदाँ भारतीय पक्षको एकतर्फी ढंगले गर्ने व्यवहारले वर्सेनि सीमावासी भारतिय पक्षसँग प्रताडित हुनुपर्ने वाध्यता थियो । भारतीय पक्षले दशगजामा खाल्डो खन्ने, भारतका अपराधीको थलो बन्दा दशगजा असुरक्षित मानिन्थ्यो । यतिखेरको अवस्था फरक छ ।