२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पहुँचवालालाई मनलाग्दी पास, कोरोनाको जोखिममा राजधानी

कोरोना भाइरस संक्रमण फैलिएका ठाउँबाट धेरै मानिस काठमाडौं उपत्यका भित्रिएपछि संक्रमणको खतरा बढेको हो।

फैलिँदै कोरोना संक्रमण

नयाँ थपिएका ८३ सँगै मुलुकमा संक्रमित संख्या दुई सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये ३३ जना उपचारपछि निको भएका छन्।

प्रदेश ५ मा भारतबाट भित्रिदै कोराना, आज मात्रै १७ जना थपिए (अपडेट)

प्रदेश नं. ५ मा १७ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार रुपन्देहीका ९ जना र कपिलवस्तुका ८ जनामा कोरोना पोजेटिभ देखिएको हो । यससंगै प्रदेशमा संक्रमितको संख्या ७० पुगेको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका ९ जना र कपिलवस्तु नगरपालिकाका ८ जनामा कारोना पोजेटिभ देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ ।

हरेक स्थानीय तहमा स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली

जुम्लाका हरेक स्थानीय तहमा स्वास्थ्यकर्मीको टोली स्वाब संकलन गर्न खटिएको छ। पिसिआर विधिबाट कोरोना भाइरस रोगको परीक्षण गर्न जुम्लाका ८ वटा स्थानीय तहबाट मात्र एकैदिन ८ सय ४९ जनाको नाक र घाँटी भित्रबाट स्वाब संकलन गरिएको हो।

महामारीमाथिको राजनीतिले मानिसको जीवनमाथि खेलवाड: जेयर बोल्सोनारो

अति दक्षिणपन्थी नेताको छवी बनाएका राष्ट्रपति बोल्सोनारोले “के अराजकता सामुन्ने आइसकेको छ ” भन्ने प्रश्न गर्दै कोरोनाभाइरसलाई “सामान्य किसिमको फ्लु”सँग तुलना गरेका छन् । कतिपयको तर्क छ, कोरोनाभाइरसले “अराजकता” सिर्जना गरिसकेको छ ।

दशगजामा एक सय नेपाली अलपत्र

सीमा क्षेत्रमा आइपुगेका नेपालीले आफूहरु नेपाल प्रवेश गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । स्थानीय प्रशासनले नेपाल प्रवेश गर्न खोज्ने नेपालीलाई दशगजा क्षेत्रमा रोक लगाउँदै आएको छ । नेपालीलाई केही स्थानीय तह र सीमा पारि भारत नजीकै रहेका गाउँलेले सामान्य खानापान र त्रिपालको व्यवस्थापन गरेका छन् ।

‘विदेशमा अलपत्रलाई तुरुन्त फकाऊ’

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले भारतसँगको सीमा क्षेत्र र विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

भारतको क्वारेन्टाइनबाट भागेर आएका तीन युवा नेपाल प्रवेश

भारतको क्वारेन्टाइनबाट भागेर आएका तीन जना नेपाली युवा बाँकेको नरैनापुर गाउँपालिकास्थित नेपाल–भारत अवैध नाकाबाट प्रवेश गरेका छन्। भारतको प्रयोगशालाले उनीहरुलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि गरिसकेको स्थानीय जनप्रतिनिधीको दाबी छ।

ताप्लेजुङमा सडक खन्न थालियो

कोरोना महामारीका कारण ठप्प विकास निर्माणका कामहरु सुरु हुन थालेका छन्। ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण कृषि सडक आयोजनाको काम शिलान्यास गरिएको छ।

परीक्षण बढाउन र लकडाउन क्रमश: खुकुलो पार्न सरकारलाई निर्देशन

संसदीय समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई वृद्धि गर्न र लकडाउनलाई क्रमश खुकुलो पार्न सरकारलाई निर्देशन दिएको छ।

२४ घण्टामा देखिएनन् नयाँ संकमित, १३ सय बढीको काेराेना परीक्षण

गत २४ घण्टामा १३ सय बढी कोरोना भाइरसको परीक्षण भएकोमा नयाँ संक्रमित देखिएका छैनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार कुनै पनि नयाँ संक्रमित नदेखिएको बताएको छ।

काम सिक्ने अबसर

मैले सिकेका कुरा ६ वर्षको भाईलाई सिकाउँदैछु । हामी मिलेर कोठा सफा गर्छौं । गमलामा पानी हाल्छौं । परेवालाई गहुँ खुवाउँछौं । भाई तरकारी पनि केलाउँछ ।

कपिलवस्तुमा २ सय ९० जनाको स्वाब संकलन गरी काठमाडौ पठाइयो

जिल्लामा ५ जना कोरोना संक्रमति भेटिएपछि पिसिआरका लागि धमाधम स्वाब संकलन थालिएको छ । यसैक्रममा कपिलवस्तुबाट थप २ सय ९० जनाको स्वाब सकलन गरी काठमाडौ पठाइएको छ । तीन पालिकको क्वारेन्टाइनमा रहेको उनीहरुको स्वाब संकलन गरी पिसिआर टेस्टका लागि काठमाडौस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको हो ।

जनकपुरमा कोभिड विशेष अस्पताल

वीरगञ्ज महानगरपालिका–३ छपकैया मुस्लिम बस्तीमा कोभिड १९ संक्रमित एक जना थपिएसँगै प्रदेश २ मा कोभिड १९ संक्रमितको संख्या ३१ पुगेको छ । शनिबार भेटिएका ६२ वर्षीय संक्रमित पुरुष किराना पसल सञ्चालक हुन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्