२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

हरेक स्थानीय तहमा स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली

एकै दिनमा ८ सय ४९ जनाको स्वाब संकलन

जुम्लाका हरेक स्थानीय तहमा स्वास्थ्यकर्मीको टोली स्वाब संकलन गर्न खटिएको छ। पिसिआर विधिबाट कोरोना भाइरस रोगको परीक्षण गर्न जुम्लाका ८ वटा स्थानीय तहबाट मात्र एकैदिन ८ सय ४९ जनाको नाक र घाँटी भित्रबाट  स्वाब संकलन गरिएको हो।  नेपालमा नै एकैदिन यति धेरैको स्वाब संकलन पहिलो पटक जुम्लामा भएको हो।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला जनस्वास्थ्य कार्यालयको संयुक्त टोलिले जुम्लाका विभिन्न ८ वटा स्थानीयतहका ८ सय ४९ जनाको स्वाब संकलन गरिएको कर्णाली अस्पतालका निर्देशक डा. मंगल रावलले जानकारी दिए। संकलित स्वाबको परिक्षण शुरु भइसकेको छ।  

स्वाब संकलनमा प्रतिष्ठान र जनस्वास्थ्य सेवा कार्यालयका २४ जना प्रयोगशालाकर्मीको सहभगिता रहेको थियो। मंगलबार साँझ सम्म सबैको रिर्पोट आइसक्ने प्रतिष्ठानका रेक्टर डा. निरेश शर्माले जानकारी दिए।  पुल टेस्टमा १० जनाको नमुनालाई एकै ठाउँमा मिसाएर परीक्षण भइरहेको छ।  ५ जनाको नमुना मिसाएर परिक्षण गर्दैछौं,रेक्टर थापाले भने,‘२ दिनमा सबै जनाको परीक्षण हुन्छ। धेरै जनाको परीक्षण गर्नुपर्दा पुल टेस्ट गरिन्छ। ’

यसअघि जुम्लामा ३२४ जनाको स्वाब संकलन गरि राष्ट्रिय जनास्वास्थ्य प्रयोगशाला काठमाडौं ल्याइएको थियो। जुम्लामा पहिलो पटक १०४ वटा नमुना परीक्षण भएको थियो। यसअघि गरिएका सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ। हालसम्म कर्णालीमा एक जनालाई पनि कोरोना संक्रमण देखिएको छैन। कर्णालीका स्थानिय प्रशासन,चिकित्सक,नर्स,प्रयोगशालाकर्मी लगायत सम्पूर्ण स्वास्थ्यकर्मी सुरु देखि नै कोरोना विरुद्धको अभियानमा सक्रिय भएर लागेका छन्।

कोरोना रोकथाम अभियानमा अहिले जुम्ला पनि अग्रस्थानमा काम गरिरहेको छ। कर्णाली प्रदेशकै सवैभन्दा ठूलो अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको हुदा यहाँको जनशक्तिले अहिले तीब्र गतिमा कर्णालीभरी कोरोनाको आशंका भएका व्यक्तिहरुको खोजेर जाच्ने काम गरिरहेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनशक्तिले जुम्लामा स्थानीय तहका स्वास्थ्य कर्मीहरुको सहयोगमा जिल्लाका आठवटै स्थानीय तहबाट क्वारेन्टाईनमा बसेका र बाहिरबाट आएकाहरुको प्रतिष्ठानले एकै दिन जुम्लाका सवै स्थानीयतहबाट आठ सय ४९ जनाको स्वाब संकलन गरको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले जानकारी दिए।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार जिल्लाका आठवटै स्थानीय तहबाट एकै दिन अहिले सम्मकै बढि स्वाब संकलन गर्न कर्णाली प्रतिष्ठान सफल भएको छ।  उनले भने,‘ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले दुर्त गतिमा कारोना रोकथामका लागि स्वाब संकलन जाँच प्रक्रियालाई अगाडि बढाएको छ। प्रतिष्ठानले पछिल्लो समयमा पिसिआर मेशिन ल्याएपछि जाँच प्रक्रियालाई पनि अहिले तीब्र पारेको छ। यस अघि मेशिन नहुदा सरकारले प्रतिष्ठानको जनशक्तिको सहयोगमा तीन सय २४ जनाको स्वाब संकलन गरेर एकैपटक हवाई मार्गबाट गरेर काठमाण्डौ लिई परीक्षण गरेको थियो।

जुम्लामा पिसिआर मेशिन आएपछि एक सय जनाको स्वाबको पिसिआर जाँच गरिसकेको थियो। सवैको नतिजा नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ।   प्रदेश सरकारले कर्णालीका दश जिल्लाका २७ स्थानमा स्वाब संकलन भईरहेको जनाएको छ। जसमध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  १० स्थानबाट स्वाब परिक्षण हुनेछ।  सो तयारीका लागि एकै पटक धेरैको परीक्षण गर्न प्रतिष्ठानले शुरु गरेको हो। प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाका अनुसार एकै पटक धेरैको जाँच हुने विधी शुरु गरेको प्रतिक्रिया दिए ।   सरकारले पनि यो विधी शुरु गर्न भनेपछि कर्णाली प्रतिष्ठानमा अव पुलिङ विधीबाट परिक्षण शुरु भएको हो। पिसिआर परीक्षण विधीमा खटिएको टिमलाई प्रत्यक्ष निर्देशन जाँच गरिरहनुभएका शिक्षाध्यक्ष डा. थापाका अनुसार दश जनाको स्वाब एकै स्थानमा राखेर गरिने विधी पुलिङ विधी हो। यद्यपी पुलिङ परीक्षण विधीबाट पनि पोजेटिभ आएमा फेरी १० जनाको भिन्नै परीक्षण गरिने छ।

प्रकाशित: ३० वैशाख २०७७ ०९:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App