२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

फैलिँदै कोरोना संक्रमण

काठमाडौं - मुलुकका विभिन्न जिल्लामा गरी मंगलबार ८३ जनामा कोरोना संक्रमण देखिएको छ। एकैदिन यति धेरैजनामा संक्रमण देखिएको पहिलो पटक हो।  

नयाँ थपिएका ८३ सँगै मुलुकमा संक्रमित संख्या दुई सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमित संख्या सोमबारसम्म १ सय ३४ थियो।

मन्त्रालयका अनुसार मंगलबार पर्साका ५७, रुपन्देहीका ९, कपिलबस्तुका ८, महोत्तरीका २, धनुषाका २, भक्तपुरका २, काठमाडौंका १, सर्लाहीका १ र बाराका १ जनामा कोेरोना संक्रमण पुष्टि भएको छ।  

क्वारेनटाइनमा रहेका र केही शंका लागेका व्यक्तिबाट संकलित नमुनामध्ये ८३ को पिसिआर परीक्षण रिपोर्ट कोरोना पोजेटिभ देखिएको मन्त्रालयले मंगलबार जनाएको छ। जोखिममा रहेका जिल्लामा नमुना परीक्षण दर र दायरा थप बढाउने तयारी भइरहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकराीले बताए। ‘जोखिममा रहेका जिल्ला र अन्य जिल्लामा व्यापक परीक्षण गरिने छ’, उनले भने।  

नयाँ थपिएका ८३ सँगै मुलुकमा संक्रमित संख्या दुई सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये ३३ जना उपचारपछि निको भएका छन्।

पछिल्लोपटक संक्रमित हुनेमा धेरैजसो लकडाउन अवधिमा लुकिछिपी भारतबाट आएका रहेको मन्त्रालयले जनाएको छ। नयाँ संक्रमितको  विभिन्न अस्पतालमा उपचार गर्ने तयारी भइरहेको छ।  

यसअघि संक्रमितमध्ये वीरगन्जमा २७, विरानटनगरमा १९,  राजविराजमा १, भरतपुरमा १, नेपालगन्जमा २४, बर्दियामा १ र रुपन्देहीमा २८ जनाको उपचार भइरहेको छ। हालसम्म ३३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।  

हालसम्म देशभर १२ हजार ७ सय ८५ जना क्वारेनटाइनमा छन्। १८ हजार ९ सय ६४ वटा नमुना पिसिआर विधिबाट र ५९ हजार ६ सय २७ नमुना आरडिटी बिधिबाट परीक्षण भएको छ। 

कोरोना संक्रमति तेस्रो युवा निको भए  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपारर्थ युवक निको भइ डिस्चार्जको तयारीमा रहेको अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा.सागर राजभण्डारीका अनुसार चार पटक कोरोना परिक्षण गर्दा अन्तिम पटक कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज गर्ने तयारी गरिएको हो। उनी गत चैतको पहिलो साता  गते दुवईको सार्जा विमान हुँदै काठमाडौ आएका थिए। काठमाडौ बसेको छ दिनपछि उनी उपचारको लागि टेकु अस्पताल पुगेका थिए।  

अस्पताल रहुन्जेल उनमा खोकी लाग्ने समस्या मात्र रहेको र त्यही अनुसार लाक्षणिक उपचार गरेको अस्पतालका निर्देशक राजभण्डारीले बताए। उनी घर नपुग्दै कोरोना संक्रमित भएपछि नेपाल आएको एक महिनापछि मात्र डिस्चार्ज भई घर जानेछन्। उनको आफन्त कोही नभएकोले परिवार आएपछि मात्र डिस्चार्ज गर्ने तयारी भएको अस्पताले जनाएको छ। अस्पताल रहुन्जले उनले अस्पतालको खाना खाएर वसेका थिए।  

प्रकाशित: ३१ वैशाख २०७७ ०१:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App