१९ वैशाख २०८१ बुधबार
image/svg+xml

‘आफन्तलाई अँगालो हालेर रुन पनि पाइएन’

‘पीडामा आफन्तलाई अँगालो हालेर रुन पनि नपाउने गरी कोरोनाले पराई बनाइदियो। सान्त्वना पाउनुपर्ने बेलामा पनि एक्लिनुपर्ने अवस्था निम्तियो। चोट लागेका बेला मलम लगाउने हो तर अहिले मलम लगाइदिने कोही छैन।’

कोरोना कहरमै कार्यकर्ता तानातान

म्याग्दीमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गत भदौ ३ गते जिल्ला समन्वय समिति (जिसस) मा आयोजित सर्वपक्षीय बैठकमा जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गर्ने, कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेका निर्देशन पालना गर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै सांसद, जनप्रतिनिधि, सत्तापक्ष र प्रतिपक्ष दलले नै प्रतिबद्धता उल्लंघन गरेका छन्।

भारीले होइन, कोरोनाले थिच्यो

काठमाडौंको बौद्ध क्षेत्रमा भरियाको काम गरेर छाक टार्ने करिब १५ जनाको अवस्था यस्तै रहेछ । ‘हामी त चिउरा खाएर पनि पेट भर्ने गरेका छौं’, कृष्णले भने, ‘कति साथी त त्यही पनि खान नपाउने अवस्थामा पुगिसके ।’

अपांगता क्षेत्रमा कोरोना कहर, जीवनयात्रा झनै कठिन

दृष्टिविहीन झरेन्द्र राईले देख्न छाडेको तीन दशकभन्दा बढी भयो। तर विगत पाँच महिनादेखि भने देख्न थालेका छन् रे, कोरोनाको कालो कहर। लकडाउनका कारण काम गर्ने होटल बन्द भएपछि मैतीदेवीको सानो कोठामा अभाव र त्रासमाझ खुम्चिएका उनले यति बेला जीवनयात्रा निकै डरलाग्दो बनेको सुनाए।

नेपालमा क्रिकेट एकेडेमी: त्यसै त धौधौ त्यसमाथि कोरोना

विश्वभर फैलिएको कोरानाका कारण क्रिकेटलाई करियर बनाउन होमिएका नयाँ र युवा पुस्तामा निराशा मात्र थपिएको छ। कतिपय युवालाई पेसा नै परिवर्तन गर्नका लागि दबाब पर्न पनि थालेको छ।

आवतजावत रोक्न पुलमा प्रहरी

गाउँगाउँमा कोरोना संक्रमण देखिएपछि एक अर्को गाउँबिचको आउजाउ बन्द गर्न सुरु गरिएको छ। धादीङसँग सिमाना जोडिएको गोरखाको झोलुङ्ले पुलहरुमा स्थानीयले बार लगाउने, आउजाउ रोक्न प्रहरी परिचालन समेत गरिएको छ।

तिलोत्तमा नगरपालिकाले भन्यो, सोह्रश्राद्ध ‘भर्चुअल’ माध्यमबाट गर्नू

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोनाको जोखिम बढेको भन्दै सोह्र श्राद्धलाई अनलाइन माध्यमबाट गर्न गराउन आग्रह गरेको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सोह्र श्राद्ध गर्ने गराउने काम अनलाइन (भर्चुअल)माध्यमबाट गर्न आह्वान गरेको हो।

सिरहामा दुई दिनमा तीनको मृत्यु

कोरोना संक्रमणबाट शुक्रबार राति लहान नगरपालिका–१८ भदैया गाउँका ८५ वर्षीय जेष्ठ नागरिकको मृत्यु भएको छ। किडनी र श्वासप्रश्वासका विरामी उनको बीपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले जानकारी दिए।

उपचारै नपाएर जान्छ ज्यान

सीताराम दाहालको कोसी अस्पताल आइसोलेसनमा मृत्यु भएपछि छोरी नीलिमाले उपचार नपाएरै बुवाको ज्यान गएको दाबीसहित उच्च अदालत विराटनगरमा रिट दायर गरेकी छन्। रिटमा घटनाको छानबिन गरी दोषीलाई कारबाही माग गरिएको छ।

कोरोना कहरमा संघीयताको मर्म झल्कँदै

जताततै कोरोना भाइरसको सन्त्रास बढ्दो थियो । जेठ पहिलो साता हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवकलाई कोरोना संक्रमण भएपछि जिल्लाभरि हल्लीखल्ली मच्चियो । तर स्थानीय सरकारका रूपमा नगरपालिकाले तत्काल संक्रमित युवालाई परिवारबाट अलग गरेर उपचारमा पठायो ।

अर्बौं औद्योगिक लगानी जोखिममा

उद्योग क्षेत्रमा सबैभन्दा बढी लगानी रहेको वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगहरु कोरोनाले उत्पन्न असहज परिस्थितिबाट प्रभावित भएका छन्।

संयम, आत्मानुशासन र सावधानी

पशुपतिको साँढेझैँ ज्ञानी भएर एकै ठाउँ बसिरहनुपर्ने अवस्थामा पशुपतिका चकचके बाँदरझैँ लखरलखर हिँडिरहेका छौँ, डुलिरहेका छौँ।

प्रहरीलाई घुस खुवाएर भित्रिन्छन् भारतीय

सेती प्रादेशिक अस्पतालका कोरोना उपचार विभाग प्रमुख तथा वरिष्ठ फिजिसियन शेरबहादुर कमरले भारतीय नागरिक प्रवेश गरेर समुदायमा काम गरिरहेकाले कोरोना संक्रमणको अवस्था गम्भीर बनेको बताए ।

लकडाउनकै बीच शुरु भयो सेती हाइड्रोपावर

कोभिड–१९ कसैलाई अभिषाप बनेको छ, भने कसैलाई अवसर पनि बनेर आएको छ। कोरोनाका कारण पेशा व्यवसाय चौपट बन्दा मजदुरदेखि उद्योगी व्यवसायीसम्मलाई यो कोरोना कहर अभिषाप बनिरहँदा केहिलाई भने यो अवसर बनेर आएको हो।

कोरोना कहर: विराटनगरमा भयावह बन्दै संक्रमण

प्रदेश १ को राजधानी विराटनगरमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ । दश दिन अघिसम्म पनि निश्चित भूगोल र पेशाकर्मीमा मात्रै सिमित संक्रमण यतिबेला विराटनगरको हरेकजसो क्षेत्रमा देखापरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्