१० मंसिर २०८१ सोमबार
image/svg+xml

आगलागीमा दुईको मृत्यु, १३ घर जले

गत बिहीबारदेखि जंगलमा फैलिएको आगलागीमा परी सल्यानमा दुईजनाको मृत्यु भएको छ भने १३ घर पूर्ण रूपले जलेका छन्। जिल्लाको छत्रेश्वरी गाउँपालिका–६ रामकाँडाबाट सुरु भएको आगलागी अझैसम्म पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ। अहिले पनि जिल्लाका विभिन्न ठाउँमा सुरक्षाकर्मी आगो नियन्त्रणका लागि खटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

जंगल र प्रचण्डको घुर्की

भगवान बुद्ध र बुद्धत्वबारेको उनको बुझाइ कति गहिरो छ, त्यो त त्यस अवसरमा खुलेन तर परिवर्तनका नाममा विद्रोह कालमा कार्यकर्तालाई मन्दिरमा बम पड्काउन र किरियापुत्रीलाई ‘बिटुल्याउँंदै’, किरियाघरबाट मुन्ट्याउन लगाउने, नास्तिक र माक्र्सवादी उनले अध्यात्ममा पनि आफू निकै आस्थावान र जानकार जस्तो गरी भागवद्गीताको महात्म्य भने कहे।

मैले जंगल जान्छु भनेर फेरि लडाइँ र हिंसामा जान्छु भनेको होइन : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका लागि जरुरी परेको खण्डमा आफू सबै कुरा त्याग गरेर गौतमबुद्ध जसरी नै हिँड्न सक्ने बताएका छन्।

काठमाडौं आउँदा जंगल आएजस्तो भो : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले लाखांै जनताका बीचमा काठमाडौं आउँदा आफूलाई जंगलमा आएजस्तो भएको बताएका छन्। ‘एक्लै÷एक्लै हुन थालियो यो के भएको हो ? जंगलमा हँुदा बरु सबै थिए, यहाँ आउदा एक्लै भएको महसुस हुदैछ किन किन मलाई लाखौको वीचमा काठमाडौ आउँदा जंगलमा आएजस्तो अनूभूति हुन थालेको छ,’ अध्यक्ष दाहालले भने। एकजुट हुदाँ पनि हिम्मत हारे जस्तो, केही पनि गर्न नसकिएला जस्तो अनभूति भइरहेको पनि बताए। आइतबार कार्लमाक्र्सको २०१ जन्मस्मृति कार्यक्रममा बोल्दै दाहालले सो कुरा बताएका हुन्।

वनको जमिन हडप्दै स्थानीय तह

कहिले बाढीपीडितका नाममा त कहिले सुकुमबासीका नाममा कैलालीको सरकारी जमिन अतिक्रमणको चपेटामा पर्दै गएको छ। स्थानीय तहले समेत अहिले जंगलको जमिन ओगटेर वडा कार्यालय भवन निर्माण गर्न थालेका छन्।

बाघको छालासहित पाँच पक्राउ

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ६ सूर्यविनायक चोकमा जंगली जनावरको छालासहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ।

भक्तपुरमा मानव कंकाल फेला, अनुसन्धान तीव्र

सूर्यविनायक नगरपालिका १० चितापोलस्थित सल्लाघारी जंगलको खोल्सामा मानव कंकाल फेला परेको छ।

उदयपुरका जंगलमा जताततै डढेलो, तीन दिनमा ६० सामुदायिक वन र चुरे जंगल नष्ट

उदयपुरका प्रायः सबैजसो जंगलमा ३ दिनयता फैलिएको डढेलो नियन्त्रणबाहिर गएको छ। सदरमुकामदेखि पूर्व, उत्तर, पश्चिम र दक्षिणीभेगका अधिकांश वनजंगलमा फैलिएको डढेलो साँझ परेसँगै गाईघाटदेखि प्रष्ट देखिने गरेको छ।

रोक्न खोज्दा खोज्दै गाउँ पस्यो आगो, ६ घर जलेर सखाप

दिँउसो चर्को घाम लागिरहेका बेला जंगलमा देखिएको आगो बस्तीमा छिरेर सखाप बनाएको स्थानीयबासीले जानकारी दिए। आगो बस्तीमा आउन नदिन प्रयास गर्दा गर्दै पनि हावा चलेकाले सम्भव नभएको बताइएको छ। जंगलामा लागेको आगो बस्तीमा पस्दा ६ घर र घरका लत्ताकपडा, खाद्यान्न, सुनचाँदीलगायत सामान खरानी भएको वडाध्यक्ष मदन गौतमले जानकारी दिए।

जंगलबाट गाउँ पस्यो डढेलो, केही घर नष्ट

खोटाङमा जंगलबाट सुरु भएको डढेलो बस्तीमा प्रवेश गरेको छ । शुक्रबार दिउँसो रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित गढीथुम्का तथा कासेघडेरी सामुदायीक वनबाट सुरु भएको भिषण डढेलो घलेगाउँमा छिरेको हो।

चितुवाको बच्चा मर्‍याे

स्थानीयले समातेर वन कार्यालयलाई बुझाएको चितुवाको बच्चा जंगलमा छोड्न लैजाँदा मरेको छ। चितुवाको बच्चालाई बिहीबार दिउँसो दशरथचन्द नगरपालिका–५ बस्कोटका प्रताप टामटाको गोठबाट स्थानीयले नियन्त्रणमा लिइ डिभिजन  वन कार्यालय बुुझाएका थिए।

सर्लाहीमा जंगली हात्तीको ताण्डव

सर्लाहीमा तीन महिनादेखि जंगली हात्तीले आतंक मच्चाइरहेको छ। दिउँसो–दिउँसो जंगलमा पस्ने हात्तीहरूले रात परेपछि आसपासका बस्तीमा छिरेर विध्वंस मच्चाउने गरेका छन्। गत मंसिर १५ गते जिल्लाको उत्तरी चुरे क्षेत्रस्थित अत्रौलीको भोक्टेनीमा अचानक देखापरेका तीनवटा जंगली हात्तीले हालसम्म हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिका क्षेत्रका सयौं घर भत्काइसकेका छन्। त्यस्तै हात्तीहरूले खेतबारीका उखु, आलु, गहुँलगायत बालीनाली खाएर नष्ट पारिरहेको पीडितहरूले बताएका छन्।

उपचारमा भारतीय अस्पतालकै भर

खयरभट्टीका नन्दकिशोरकी पत्नी श्यामकुमारी केही दिनअघि बिरामी भएर थला परिन्। घनाजंगल बीचमा रहेको उक्त बस्ती जोड्ने सडक सञ्जाल नहुँदा नन्दकिशोरले नेपालगन्ज पुर्याएर पत्नीको औषधि उपचार गराउने कल्पना नै गरेनन्। बरु साइकलमा डोर्याउँदै भए पनि जंगलको बाटो हुँदै भारतको बघौंडास्थित अस्पतालमा पुर्याए।

जंगली हात्तीको पिरती

जमिनमा पाइने प्राणीमध्ये हात्ती, मान्छे पछिको बुद्धिमान मानिन्छ। पानीमा बस्नेहरूमा चाहिँ मानिसपछि दोस्रोमा आउँछ डल्फिन। साना हुन् वा ठूला संसारका सबै जनावर प्रेमिल हुन्छन्। त्यस्तै प्रेमको नमुना भेटिएको छ कोशीटप्पु वन्यजन्तु आरक्षमा पनि।आरक्षको हात्तीसार नजिकै एउटा जंगली हात्तीले वर्ष दिनभन्दा लामो समयदेखि डेरा जमाएको छ। आरक्ष प्रशासनका अनुसार कहिलेकाहीँ त्यहाँबाट हराए पनि त्यो हात्ती फेरि हात्तीसारमै आइपुग्छ। त्यसको नाम हो– कोशी मकुना।

वन्यजन्तुको काल बन्दै जंगलबीचकाे सडक

धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानवारी सामुदायिक वन बीचबाट महादेव चोक–पानवारा सडक पर्छ। यो सडकको एकापट्टि(दक्षिणतर्फ)बिरुवा जोगाउन वन उपभोक्ता समूहले सिमेन्टको पिलर गाडेर फेन्सिङ (तारजाली) लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्