बैतडी – स्थानीयले समातेर वन कार्यालयलाई बुझाएको चितुवाको बच्चा जंगलमा छोड्न लैजाँदा मरेको छ। चितुवाको बच्चालाई बिहीबार दिउँसो दशरथचन्द नगरपालिका–५ बस्कोटका प्रताप टामटाको गोठबाट स्थानीयले नियन्त्रणमा लिइ डिभिजन वन कार्यालय बुुझाएका थिए।
वनका कर्मचारीले दशरथचन्द नगपालिका–४ को जंगलमा छोड्दा हिँडन नसकेपछि उपचारका लागि भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनमा पुर्याइए पनि अस्पताले मृत घोषणा गरेको थियो । करिब डेढ महिनाको चितुवाको मृत बच्चालाई डिभिजन वन कार्यालयको हाताभित्र गाडिएको छ ।
प्रकाशित: २४ फाल्गुन २०७५ ०७:१३ शुक्रबार