१० मंसिर २०८१ सोमबार
image/svg+xml

जंगलमा पालमुनी छाउपडी

छाउपडी कुप्रथाका कारण महिनावारी हुँदा ५ दिन घर भन्दा बाहिर छाउगोठमा बस्नुपर्ने सुदूरपश्चिमका महिलाहरूको पीडा नै हो। त्यसमा पनि जंगलको वास हिउँदको महिना पालमुनी बस्नु पर्दाको पीडा कस्तो होला ?

खेतीयोग्य जमिन जंगलमा परिणत

सुविधा, रोजगारी र गुणस्तरीय शिक्षाको खोजीमा बजार झर्दै गर्दा ग्रामीण बस्ती सुनसान त छ नै। त्यहाँ रहेका सयौं रोपनी खेतीयोग्य जमिनसमेत बाँझिएको छ । खेत बारी, बारी खरबारी, खरबारी झाडीमा परिणत भएका कुरा सुन्ने गरेपनि यहाँका सयौं रोपनी खेतीयोग्य जमिन जंगलमा परिणत भएको छ।

सामागाउँको आगो अझै नियन्त्रणमा आएन, ५ कस्तुरी मरेको भेटिए

गोरखाकाे चुमनुब्री गाउँपालिका १ सामागाउँको जंगलमा आइतवार रातीदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन्। मंगलवार पनि आगो लगिरहेको स्थानीयले बताएका छन्, ‘आगो लगिरहेको छ, सोमवार जस्तो मुस्लो ननिस्कएको भएपनि जंगलबाट धुवाँ आइरहेको छ’, घटनास्थलमा पुगेको प्रहरीलाई उदृत गर्दै गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले भने।

खोटो संकलनले उदयपुरको जंगल उजाडिदै, ६३ हजार सल्लाका रुख ताछियो

उदयपुरका विभिन्न सामुदायिक वन उपभोक्ता समूह (सावउस) मा सल्लाको खोटो निकाल्ने क्रम बढेपछि जिल्लाको वन उजाडिने खतरा बढेको छ।

भालुको आक्रमणबाट २ महिला घाइते

भालुको आक्रमणमा परी खप्तड छेडेदह गाउँपालिका ४ खातीगाउँका ४ जना महिला घाइते भएका छन्। जंगलमा घाँस काट्न गएको बेला बिहान ७ बजेतिर खातीगाउँको जंगलमा आक्रमण गरेको थियो।

राजधानी तोकिएपछि तेघरी वन अतिक्रमण तीव्र

तेघरी जंगलछेउ बस्दै आएका बाढीपीडित र सुकुमबासीहरू पछिल्लो समयमा वन अतिक्रमण गर्न सक्रिय भएका छन्।

जंगल मासेर राजधानी बनाउन खोजेको भन्दै प्रदर्शन

प्रदेश ७ को राजधानी गोदावरी–४ तेघरीमा बनाउने प्रस्ताव संसद्मा पेस भएपछि जंगल फँडानी गरेर राजधानी बनाउन लागेको भन्दै विरोध भएको छ । प्रदेशसभामा राजधानी र नामकरणका बारेमा छलफल भइरहेका बेला त्यसबाहिर धनगढीवासीले टायर बालेर नाराबाजीसहित प्रदर्शन गरेका छन्।

चपथली जंगलमा चुँडिएको फूल

कैलाली गौरीगंगा नगरपालिका–११ कि माया विक सानैदेखि पढाइमा अब्बल थिइन् । परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक भएकाले छोरी पढाउने र घर खर्च जुटाउन आमा देउसरा विक कुवेत गइन् घरेलु कामदार बनेर।

वनजंगल र जलसम्पदा दोहनले बिपतका घटना बढ्दै

उदयपुरका सरोकारवालाहरूले प्राकृतिक सम्पदाको दोहन गरेका कारण बिपतका घट्ना बढ्दै गएको बताएका छन्।

जंगली च्याउ खाँदा एकको मृत्यु

जंगलबाट ल्याएको च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। जंगली च्याउ खाँदा तमानखोला गाउँपालिका २ भयरबुङ्गा बस्ने २८ वर्षीय मनोज श्रीसको मृत्यु भएको छ भने सोही गाँउपालिका ८ खोल्सेवान बस्ने ३९ वर्षीय लिलबहादुर पुन विरामी परेका छन्।

ग्रिसकाे जंगलमा अागलागी २० काे मृत्यु

ग्रिसकाे राजधानी एथेन्स नजिकैकाे एक जंगलमा भएकाे भीषण आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु छ। अागलागीमा अन्य १० जना हराइरहेका छन् ।

जंगली च्याउ खाँदा एकै वडाका तीनको मृत्यु

जंगली च्याउ खाँदा एकै वडाका तीनजनाको मृत्यु भएको छ। आज बिहान घोराही उपमहानगरपालिका–१९ पाँचपोखरी निवासी ४० वर्षीय चित्रबहादुर घर्तीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए।

विषाक्त जंगली च्याउ र तरकारी खाँदा १५ जना बिरामी

विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन् ।

जंगलमा बालकको शव, घटना रहस्यमय

बाँकेको राप्तीसोनारी–८, खल्लगाउँस्थित जंगलमा एक बालकको शव फेला परेको छ । सोही गाउँका १० वर्षीय आयुष केसीको शव घन्टेश्वरी सामुदायिक वनमा भेटिएको हो।

जंगली च्याउ खाँदा तीन जना सिकिस्त

जंगलबाट ल्याएको च्याउ खाँदा पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ८ आकाशेका एकै परिवारका तीनजना सिकिस्त बिरामी परेका छन् ।बिरामी पर्नेमा ६२ वर्षीय बिर्खबहादुर खजुम, उनका छोरा ४४ वर्षीय भवानी खजुम, उनकी श्रीमती ४० वर्षीया राजकुमारी खजुम रहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्