४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नागढुंगा सुरुङ मार्गः विस्थापित स्थानीयलाई व्यवस्थापन गर्न सरकारलाई निर्देशन

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले नागढुंगा सुरुङ मार्गमा परेर विस्थापित भएका स्थानीयहरुको माग अनुसार व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ।

नागढुंगा सुरुङमार्गमा आधा कामदारले साइट छाडे

निर्माणाधीन नागढुंगा सुरुङमार्गमा कार्यरत केही कामदारमा कोभिड–१९ देखिएसँगै कार्यरत आधा कामदार साइट छाडेर घर फर्किएका छन् । सुरुङमार्गमा कार्यरत ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजरसहित ३३ जना कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नागढुंगा–नौबिसे सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

सुरुङमार्ग कुल २.६८ किलोमिटर लम्बाइ हुनेछ। साढे ९ र चार मिटरका दुईवटा सुरुङ सन् २०२३ को अप्रिल महिनासम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ । धादिङ र काठमाडौंतर्फ पाँच/पाँच सय मिटर सडक तथा दुई फ्लाइओभर र सुरुङमार्ग तथा मुआब्जासहित उक्त आयोजनामा करिब साढे २२ अर्ब लागत लाग्नेछ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्रगति नौ प्रतिशत

तीन खण्डबाट निर्माण थालेसँगै नागढुंगा–सिस्नेखोला सुरुङमार्गको कामले गति लिन थालेको छ। आयोजनाको सुरुङ गत पुस ८ गते खन्न थालिएको थियो। सुरुआती चरणमा स्थानीयको केही अवरोध आए पनि अहिले २४ घन्टा काम भइरहेको छ।

नागढुंगामा कार जाँच गर्दा डेढ करोड रुपैयाँसहित २ जना पक्राउ

काठमाडौंको नागढुंगामा आज बिहान कारमा आइरहेका चालकसहित २ जनालाई झन्डै डेढ करोड रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा चार प्रतिशत काम

सुरुङमार्गको दुवैतर्फको मुख्य द्वारमा विस्फोटक पदार्थ प्रयोग नगरीकनै २० मिटर जति खन्ने काम भइरहेको छ। सुरुङमार्गको दुवै मुखमा २०–२० मिटर खनेपछि विस्फोटक पदार्थ प्रयोग गरेर खन्ने काम हुन्छ।

नागढुंगामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने एक जना पक्राउ

शनिबार उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ड्युटीमा खटिएका बेला जथाभावी बोल्ने उत्तम कार्कीलाई काठमाडौं परिसरको प्रहरीले पक्राउ गरेको हो ।

सुरुङमार्गमा मुआब्जा कार्यविधि पासो

सडकमार्गमा पहिलोपटक निर्माण भइरहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माण सुरु भए पनि गृह मन्त्रालयको ढिलासुस्तीका कारण जुनसुकै बेला बन्द हुने भएको छ।

धादिङबाट पनि निर्माण सुरु

नागढुंगा सडक आयोजना अन्तर्गत धादिङ खण्डमा पनि निर्माण कार्य सुरु गरिएको छ। यसअघि मुआब्जा विवादले गर्दा धादिङतर्फ निर्माण कार्य अघि बढ्न सकेको थिएन।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, धादिङतर्फको पनि काम सुरु हुने

संघीय संसद्का सांसद भूमि त्रिपाठी, आयोजनाका पदाधिकारी तथा स्थानीयबासीको छलफलमा शुक्रबारदेखि काम सुरु गर्ने सहमति जुटेको हो।

नटेरे बलपूर्वक साइट क्लियर

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यमा अवरोध जारी भएपछि बलपूर्वक साइट क्लियर गर्ने तयारी गरिएको छ।

नागढुंगा सडक मर्मत तीव्र

दसैंअघि मात्र मर्मत गरिएको नौबिसे–नागढुंगा सडक ठाउँठाउँमा खाल्डाखुल्डी परेकाले फेरि मर्मत सुरु गरिएको छ। विशेष गरी अत्यधिक भारयुक्त मालवाहक सवारीसाधन काठमाडौंतर्फ प्रवेश गर्दा लेन बढी दबिएर खण्डखण्ड पर्ने गरेको छ। खाल्डाखुल्डी परेको सडकमा अहिले मर्मतसम्भारको काम तीव्र गरिएको हो।

साइट क्लियरको माग गर्दै तीन पत्र

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा कार्यतालिका अनुसार जग्गा अधिग्रहण हुन नसकेपछि निर्माणको जिम्मा लिएको जापानी ठेकेदार कम्पनीले साइट क्लियरको माग गर्दै एक महिनायता सरकारलाई तीनवटा पत्र लेखेको छ।

सिद्धबाबामा सुरुङ बनाउन १० अर्ब

सिद्धबाबा बाहेक नागढुंगा–नौबिसे र काठमाडौं–तराई–मधेस दु्रतमार्गमा पनि सुरुङमार्ग निर्माणको काम हुँदैछ।

नागढुंगा सुरुङमार्ग शिलान्यास आज

विभागले निर्माण तयारीका लागि दिएको एक महिनाको समयअघि नै ठेकेदार कम्पनी काम सुरु गर्न तयार भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्