४ फाल्गुन २०८२ सोमबार
image/svg+xml

मुस्ताङबाट छ महिनामा चार हजार ४९१ केजी फोहोर निकासी

यहाँ स्थित वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जिल्ला बाहिर पठाएको हो।

बैतडीमा टोल–टोलमै पुगेर नसर्ने रोगको परीक्षण

सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले नसर्ने रोगको पहिचानका लागि एकमहिने अभियानअन्तर्गत गाउँपालिकाले टोलटोलमै स्वास्थ्यकर्मी खटाएकोे जानकारी दिए।

यसपटक निर्वाचन क्षेत्रमा ओलीको सक्रियता बढ्यो, आज फेरि झापा जाँदै

एमाले झापा क्षेत्र नम्बर ५ का चुनावी कमाण्डर तथा पार्टी केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार ओली फागुन ६ गतेसम्म झापामै बस्ने छन्। यो अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ र टोलमा पुगेर घरदैलो कार्यक्रम गर्ने कार्यतालिका बनाइँदैछ। हरेक दिन कम्तीमा ६ देखि ७ स्थानमा कार्यक्रम पुग्ने गरी रुट मिलाइएको छ।

मोटरसाइकल दुर्घटनामा दम्पतीको मृत्यु

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारीअनुसार मृतक दुवैको शवलाई प्रादेशिक अस्पताल गौरमा राखिएको छ।

बारा निर्वाचन क्षेत्र नं ३: जित दोहोर्‍याउने दाउमा पुराना दलका उम्मेदवार

बारा निर्वाचन क्षेत्र नं ३ बाट पहिलो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन फोरम नेपालबाट प्रमोद गुप्ता निर्वाचित भएका थिए।

मार्को रुबियो भन्छन्: तनावका बाबजुद अमेरिका–युरोप ‘सँगै’

म्युनिख सुरक्षा सम्मेलनमा सम्बोधन गर्दै उनले भने, ‘हामी अलग हुने प्रयासमा छैनौँ, बरु पुरानो मित्रतालाई पुनर्जीवित गर्न चाहन्छौँ।

उम्मेदवार घरदैलोमा व्यस्त

निर्वाचन आचासंहिताअनुसार सभा, कोणसभा, जुलस गर्न नपाएपछि उम्मेदवारहरू घरदैलो, भेटघाट आन्तरिक बैठक, मतदाता कार्यक्रममा व्यस्त छन्।

पाकिस्तानका कप्तानले भनेः ‘ह्यान्डसेक नगरेको जवाफ मैदानमै दिन्छौँ’

गत वर्ष सम्पन्न एशिया कप २०२५ मा भारतीय कप्तान सूर्यकुमार यादवसहित सम्पूर्ण भारतीय खेलाडीहरूले पाकिस्तानी खेलाडीहरूसँग हात नमिलाएको घटना चर्चामा आएको थियो।

महेन्द्रका विश्वासपात्र विश्वबन्धु थापाको निधन

विसं २००७ को क्रान्तिका योद्धासमेत रहनुभएका थापाको उपचारका क्रममा आज साँझ मण्डिखाटारस्थित हेम्स अस्पतालमा निधन भएको राप्रपाका नेता राजाराम बर्तौलाले जानकारी दिए। ९८ वर्षीय थापा आठ दशकदेखि नेपालको राजनीति र प्रजातान्त्रिक आन्दोलनका साक्षीका रूपमा रहँदै आएका थिए।

महाशिवरात्रि : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो (तस्बिरमा हेर्नुस्)

कोषका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। भीड नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपत्कालीन उद्धार तथा शंकास्पद गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेरा तथा मोबाइल गस्ती बढाइएको जनाइएको छ।

वेस्ट इन्डिजविरुद्ध सुखद प्रदर्शन गर्ने लक्ष्य

स्तब्धपूर्ण नतिजापछि निरास नेपाली टोली आइसिसी टी ट्वान्टी विश्वकपको तेस्रो खेलमा दुईपल्टको च्याम्पियन वेस्ट इन्डिजविरुद्ध सुखद प्रदर्शन गर्ने लक्ष्यमा छ।

निर्वाचन १८ दिन बाँकी : फागुन १७ सम्म मतदाता शिक्षा कार्यक्रम

आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षा कार्यक्रम अगाडि बढ्न लागेको आयोगले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्