१० मंसिर २०८१ सोमबार
image/svg+xml

भारतमा कोरोना संक्रमितको संख्या घट्दै

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ९८ लाख ८१ हजार ९ सय ६५ रहेको छ। ती मध्ये सात लाख २९ हजार २ सय ४३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन्।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्दो

मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६० हजार ७ सय ५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

भारतमा दैनिक संक्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्यामा कमी हुँदै आएको छ। सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार २ सय २४ जना कोरोनाभाइरसबाट थप सङ्क्रमित भएका छन्।

भारतमा एकै दिन तीन हजार ७ सय बढीको मृत्यु, तीन लाख ८२ हजार संक्रमित

कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७ सय ८० जनाको मृत्यु भएको छ। बुधबार बिहान सार्वजनिक विवरणमा भारतमा कोभिड–१९ बाट कूल संक्रमितको संख्या दुई करोड सात लाख पुगेको उल्लेख छ।

मास्क नलगाए सय रुपैयाँ जरिवाना

जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ कार्यान्वयन गराउन प्रहरीले मास्क नलगाई हिँड्ने व्यक्तिलाई १ सय रुपैयाँ जरिवाना उठाउने अधिकार पाएको छ। सङ्क्रमण रोग ऐन २०२० अनुसार प्रहरीले जरिवाना उठाउने अधिकार स्थानीय प्रशासनले प्रहरीलाई दिएको छ।

प्राथमिकताभन्दा पहिले खोप लिने नगर प्रमुख निलम्बित

६४ वर्षीय वार्यगान्डले यसअघि नै जनवरीमा आफूले खोप लिएको स्वीकारेका थिए। उक्त समयमा समुदायका जेष्ठ सदस्यहरूलाई खोप दिने क्रममा उनले पनि खोप लगाएका थिए। अन्य सहरका कर्मचारी र धेरै परिषद् सदस्यहरूले पनि उनीहरूको पालो आउनुभन्दा पहिले खोप लिएका थिए।

भारतमा एकै दिन ६३ हजार जनामा कोरोना पुष्टि

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ। पछिल्लो विवरणमा भारतमा एकै दिनमा ६२ हजार ७१४ जना सङ्क्रमित भेटिएका छन्। सोही अवधिमा २८ हजार ७३९ जना मात्रै सङ्क्रमणमुक्त भएका छन्।

कोरोनाको सङ्क्रमण बढेपछि भारतमा फेरि नयाँ निर्देशिका जारी

अघिल्लो हप्तादेखि नयाँ सङ्क्रमितहरूको सङ्ख्यामा एकाएक तीव्र वृद्धि हुँदै आएको तथ्याङ्कमा देखिएको छ। नयाँ निर्देशिका मङ्गलबार जारी गरिएको भए पनि लागू भने अप्रिदेखि मात्रै हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा पुन: वृद्धि

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल एक करोड १५ लाख ५५ हजार २८४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ। ती मध्ये दुई लाख ८८ हजार ३९४ जना अझै पनि सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ।

भारतमा बुधबार मात्र थप १६ हजारमा कोरोना संक्रमण

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड १० लाख ४६ हजारभन्दा बढी पुगेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ७ सय३८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ४६ हजार ९ सय१४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ।

अमेरिकामा एकैदिन तीन हजारको मृत्यु

अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि मृत्यु भएकाहरुको सङ्ख्यामा वृद्धि भएको छ।

ब्राजिलमा कोरोना संक्रमणबाट एक लाख ७३ हजारको मृत्यु

दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा कोरोनाभाइरसको संक्रमणबाट एक लाख ७३ हजार १२० जनाको मृत्यु भएको छ।

भाइरसबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि चीन र जापानबीच सहकार्य

जापान र चीनका विदेश मन्त्रीहरुबीच महामारीका रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाइँमा सहकार्य गर्ने सहमति भएको छ।

जर्मनीमा कोरोनाभाइरस संक्रमणबाट एकै दिन २६७ जनाको मृत्यु

बर्लिन जर्मनीमा कोरोनाभाइरस संक्रमणबाट पछिल्लो चौबीस घण्टामा थप २६७ जनाको मृत्यु भएको छ।

जान्सेनको कोभिड–१९ खोप तेस्रो चरणमा प्रवेश

फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोनाभाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्