१८ आश्विन २०८३ आइतबार
image/svg+xml
खेल

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ।

यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत पदाधिकारीले नेपाली टोलीको बिदाइ गरेका हुन्। बिदाइ समारोहमा क्यानका अध्यक्ष चन्दले खेलाडी उच्च लयमा रहेकाले श्रृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले नेपाली टोलीलाई बधाई तथा शुभकामनासमेत दिए।

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमान र क्यानडाको सामना गर्नेछ। उक्त श्रृङ्खला नेपालले श्रृङ्खलाअन्तर्गत  नेपालले यही असोज २५ गते क्यानडासँग, असोज २७ गते ओमानसँग, असोज ३१ गते क्यानडासँग तथा आगामी कात्तिक २ गते ओमानसँग खेल खेल्ने छ।

एकदिवसीय मान्यता जोगाउन नेपालका लागि उक्त श्रृङ्खला महत्वपूर्ण छ। 

प्रकाशित: १८ आश्विन २०८३ २०:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App