३ आश्विन २०८३ शनिबार
image/svg+xml

एनपीएल सिजन-३ को तालिका सार्वजनिक: उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

सार्वजनिक तालिकाअनुसार अक्टोबर २६ हुने उद्घाटन खेलमै साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्।

भोटेकोशी बाढी: अझै ३७ काभ्रेली सम्पर्कविहीन, तीन जनाको कुशको शवबाट अन्त्येष्टि

भोटेकोशीको बाढीमा परी बेपत्ता भएका काभ्रेपलाञ्चोकका नागरिक तीन हप्ता बितिसक्दा पनि फेला नपरेपछि परिवारले जीवितै भेटिने आश मार्न थालेका छन्।

दिल्ली पुगेर अर्थमन्त्री वाग्लेको आह्वान- लगानीका बाधक हटायौं, अब ढुक्क भएर नेपाल आउनुहोस्

भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी, व्यवसायी तथा लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन्।

बाढीपीडितको सहयोगार्थ ३ सय बढीको साइकल र्‍याली

संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितलाई सहयोगका लागि ललितपुरमा बृहत् साइकल र्‍याली आयोजना गरिएको छ।

गण्डकीका मुख्यमन्त्रीको गुनासो- संघले कानुन र वित्तीय अधिकार नदिँदा प्रदेशलाई काम गर्न सकस

दलहरूको असफलतासँगै व्यवस्थामाथि नै प्रश्न उठिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान संविधानको प्रभावकारी कार्यान्वयनबाटै देशको समुन्नति सम्भव रहेको दाबी गरेका छन्।

‘मधेशीमाथि गोली चलाएर जारी गरिएको संविधान मान्य छैन’

मधेशी समुदायमाथि गोली चलाएर जारी गरिएको संविधान आफूहरूलाई मान्य नभएको बताएका छन्।

संविधानले राज्य सञ्चालनका लागि मार्ग र पद्धति दिन्छ : काशीराज दाहाल

संविधान दिवसका अवसरमा आज चितवनको भरतपुरमा आयोजित कार्यक्रममा उनले संविधान निर्माण गर्नुमात्रै पर्याप्त नहुने भन्दै यसको मर्म र भावनाअनुसार कार्यान्वयन र संवैधानिक संस्कृतिको विकास हुनुपर्नेमा जोड दिए।

वर्षमान भन्छन्: मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ

अमेरिका, चीन र भारतबीचको बढ्दो प्रतिस्पर्धाका कारण नेपालजस्ता साना तथा मध्यम मुलुकमाथि चुनौती थपिएको उनले बताए ।

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला सडक पुल संरक्षण

बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका २ र मालिका गाउँपालिका ६ को सिमानामा रहेको दुखुखोलाको सडक पुल जलविद्युत् आयोजनाको सहयोगमा संरक्षण गरिएको छ।

शीतलनिवासमा संविधान दिवसको जमघट

संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा विशेष समारोह आयोजना गरेका छन्।

‘औषधि कहाँ कति छ, कहाँ अभाव छ भन्ने रियल टाइम जानकारी हुने प्रणाली बनाउनुपर्छ’

कार्कीले औषधिको आपूर्ति प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन रियल टाइम अनुगमनसहितको प्रभावकारी प्रणाली विकास गर्नुपर्ने बताएकी छन्।

नेपालमा सुस्ताएको ‘हली’ बेलायतमा विशेष प्रदर्शन हुँदै

बेलायतमा प्रदर्शनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठले जानकारी दिए।

सांसद् यज्ञमणि भन्छन्: राप्रपासहितका दलले संविधान संशोधनको विषय उठाए पनि स्पष्ट धारणा ल्याएनन्

राप्रपालगायतका दलका नेताहरू संविधान संशोधनका लागि सिंहदरबार आएर छलफलमा सहभागी भए पनि पछि आफ्नो धारणा स्पष्ट नगरी बाहिरिएको उनको भनाइ छ।

बाढी पीडितलाई सम्झिँदै राष्ट्रपति पौडेलले भने- संविधान नागरिकको सेवक बन्नुपर्छ

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानलाई केवल दस्तावेजमा मात्र सीमित नराखी आम नागरिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी लागू गर्नुपर्नेमा जोड दिएका छन्।

केपी ओलीको अटेरीपना र एमालेको ‘कोमा’ यात्रा

पार्टीमा विरोधी आवाज समाप्त हुँदैमा पार्टी बलियो भएको हुँदैन। कहिलेकाहीँ विरोधी आवाज हराउनु एकताको संकेत होइन, बहस मर्न थालेको संकेत पनि हुन सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्