२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

पाकिस्तानका साइम अयूब टी- २० अलराउन्डरको शीर्ष स्थानमा

पाकिस्तनका ओपनर साइम अयूब पुरुष टी- २० अलराउन्डरको शीर्ष स्थानमा आएका छन्।

बुधबार आईसीसीले सार्वजनिक गरेको वरियाता अनुसार उनी पहिलो स्थानमा आएका हुन्। घरेलु मैदानमा अष्ट्रेलियामाथि ३-० को शृङ्खला ‘क्लिन स्विप’ गर्दा पाकिस्तानको लागि उनले उत्कृष्ट प्रदशन गरेका थिए।  

अलराउन्ड वरियाताको दोस्रो स्थानमा जिम्मबाबेका सिकन्दर राजा छन्। त्यस्तै, तेस्रो स्थानमा भारतका हार्दिक पान्डया चौथौ स्थानमा पाकिस्तानका मोहम्द नवाज र पाँचौ स्थानमा वेस्ट इन्डिजका रोस्टन चेज रहेका छन्।  

त्यस्तै, नेपालका दीपेन्द्र सिंह ऐरी छैटौँ स्थानमा यथावत छन्।

 

प्रकाशित: २१ माघ २०८२ १६:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App