२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

पारा कोच अफ द इयरबाट नेगी सम्मानित

नेपालका पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा २०२५ को वर्ल्ड तेक्वान्दो (डब्लुटी) पारा कोच अफ द इयर अवार्डबाट सम्मानित भएका छन्।

विश्व तेक्वान्दोको सर्वोच्च निकाय वर्ल्ड तेक्वान्दोले सोमबार संयुक्त अरब इमिरेट्समा आयोजित वर्ल्ड तेक्वान्दो गाला अवाडर्स समारोहमा राष्ट्रिय पारा टोलीका प्रशिक्षक नेगी लामालाई सम्मान गरेको हो। गत महिना प्रतिष्ठित पल्सर स्पोटर्स अवार्ड प्राप्त गरिसकेका नेगी लामा वल्र्ड तेक्वान्दोबाट अवार्ड पाउने पहिलो नेपाली प्रशिक्षक बनेका छन्। वर्ल्ड तेक्वान्दो प्राविधिक आयोगले नेपालमा पारा तेक्वान्दोको विकास र विस्तारमा पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई यो वार्षिक सम्मान प्रदान गरेको हो। अवार्ड वल्र्ड तेक्वान्दोका अध्यक्ष डा. चुंगवोन चोउले प्रदान गरेका थिए।

वल्र्ड तेक्वान्दोमा नेपाल तेक्वान्दो संघसहित विश्वभरका २१३ सदस्य राष्ट्र आबद्ध छन्। नेगी लामा सन् २०१५ देखि स्वयंसेवी रूपमा नेपालको राष्ट्रिय पारा तेक्वान्दो टोलीका प्रशिक्षकका रूपमा कार्यरत छन्। उनको प्रशिक्षणमा नेपालले १३ अन्तर्राष्ट्रिय पदक जितिसकेको छ। यी उपलब्धिहरू एसियाली खेलकुददेखि पारालिम्पिकसम्म तथा एसियाली च्याम्पियनसिपदेखि विश्व च्याम्पियनसिपसम्म छन्। त्यसमा ३ स्वर्ण, २ रजत र ८ कांस्य पदक समावेश छन्। उनको प्रशिक्षणमा पलेशा गोवर्धनले पेरिस २०२४ पारालिम्पिक खेलकुद र हाङ्झोउ २०२२ एसियाली पारा खेलकुदमा ऐतिहासिक कांस्य पदक जितिन् भने सृजना घिसिङले २०२२ को वर्ल्ड ग्रान्ड प्रिक्स फाइनलमा ऐतिहासिक स्वर्ण पदक हात पारिन्।  

प्रकाशित: २१ माघ २०८२ ०७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App