२२ मंसिर २०८२ सोमबार
image/svg+xml
खेल

ब्लाइण्ड महिला टी-२० विश्वकप : नेपालले श्रीलंकालाई हरायो

ब्लाइण्ड महिला टी-२० विश्वकप अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको छ।

बुधबार भारतको राजधानी नयाँ दिल्लीमा भएको खेलमा श्रीलंकालाई ९ विकेटले हराउँदै नेपालले विजयी सुरुआत गरेको हो। श्रीलंकाले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपालले ५.२ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

नेपालकी ओपनर मनकेसी चौधरीले सर्वाधिक ६१ रन बनाइन्। त्यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८७ रन बनायो। श्रीलंकाकी मिहिरानी दुलान्वीले सर्वाधिक २३ रन बनाइन्।

नेपालकी कान्ति योगीले सर्वाधिक ३ विकेट लिइन्।

प्रकाशित: २६ कार्तिक २०८२ १३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App