२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

सरकारले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गरेको छ ।  

सोमबारको मन्त्रिपरिषद् बैठकले दिवंगत पत्रकार रजकलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए।

बैठकले जेन-जी आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ पनि स्वीकृत गरेको छ ।  

त्यस्तै जेन-जी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको खरेलले जानकारी दिए ।

प्रकाशित: २२ मंसिर २०८२ २०:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App