२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

त्रिदेशीय महिला टी-२० क्रिकेट : नेपालले आज थाइल्यान्डको सामना गर्ने

जारी त्रिदेशीय महिला टी–२० क्रिकेटमा आज नेपालले थाइल्यान्डको सामना गर्नेछ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपरान्ह्र १२ः१५ देखि हुने खेलमा नेपाल र थाइल्यान्ड भिड्न लागेका हुन्। नेपाल यसअघि भएको उद्‌घाटन खेलमा नेदरल्यान्डसँग २० रनले पराजित भएको थियो। 

सिरिजको दोस्रो खेल शुक्रबार थाइल्यान्डले नेदरल्याण्ड्सलाई ८ विकेटको फराकिलो अन्तरमा पराजित गर्यो। सिरिजअन्तर्गतको तेस्रो खेलमा आज थाइल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको नेपाल पहिलो जितको खोजीमा छ। 

प्रकाशित: १९ माघ २०८१ ०८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App