एन्फा महिला लिगको अन्तिम चरणको दोस्रो खेलमा शुक्रबार नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ।
खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अपराह्न ३ बजे सुरु हुने छ।
एन्फा महिला लिगको अन्तिम चरणका खेलहरू बिहीबार सुरु भएका हुन्। पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले बागमती युथ क्लबलाई २-० ले पराजित गरेको थियो।
दोस्रो चरणमा ५ टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, आर्मी, वालिङ नगरपालिका र बागमतीबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणमा कुल २४ खेल हुने छन्। २० खेलपछि चार टिमले प्लेअफका स्थान बनाउने छन्।
लिग माघ १६ गतेसम्म चल्ने छ।
प्रकाशित: १९ पुस २०८१ १२:३७ शुक्रबार