चर्च ब्वाईज युनाईटेड फुटवल क्लब फिदिममा जारी ११ औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फिदिम माविको खेलमैदानमा बुधबार विराटनगर सिटी फुटवल क्लवलाई १ का विरुद्ध ७ गोलले पराजित गर्दै चर्च ब्वाईजले अन्तिम चारको यात्रा तय गरेको हो ।
चर्च ब्वाईजका लागि समिर तामाङ र विदेशी खेलाडी आमोन्ड वेडमले ह्याट्रिक गरे । खेलको १५ औं, ४७ औँ र ७३ औँ मिनेटमा गोल गर्दै समिरले आफ्नो ह्याट्रिक पूरा गरेका हुन् ।
वेडमले भने ६२औं, ७७ औं र ८९ औं मिनेटमा गोल गरेका थिए । थप गोल दोस्रो हाफको अतिरिक्त समयमा विदेशी खेलाडी फोफोना अब्बायुबिले गरेका थिए ।
विराटनगरका लागि भने सुमन चौलागाईले ८७ औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।
प्रतियोगितामा बिहीबार सलेस फुटवल क्लव सिरहा र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित: १० पुस २०८१ १७:१९ बुधबार