२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

कबड्डीको निर्णायक तथा प्रशिक्षक तालिम सुरु

अखिल नेपाल कबड्डी संघको आयोजनामा राष्ट्रिय निर्णायक तथा प्रारम्भिक प्रशिक्षक तालिम सुरु भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले शुक्रबार तालिमको उद्घाटन गरेका हुन्। तालिममा ४५ निर्णायक तथा ४० प्रशिक्षक सहभागी रहेको संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए। दुवै तालिम लिने ७० जना छन्।

सहभागीलाई प्रो–कबड्डीका निर्णायक अजित, प्रशिक्षक श्रीनिवासन रेड्डी, महासचिव झालगायतले प्रशिक्षण दिनेछन्। सैद्धान्तिक तालिम टेकु र व्यावहारिक तालिम त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ। तालिम भदौ २७ गतेसम्म चल्ने झाले बताए।

सदस्यसचिव घिसिङले खेलाडीका रूपमा हासिल गर्न नसकेको उपलब्धि प्रशिक्षकका रूपमा पनि हासिल गर्न सकिने भएको हुँदा सहभागीलाई तालिमप्रति गम्भीर हुन सुझाए। कबड्डीको ट्रेनिङ सेन्टरका लागि आवश्यक पर्ने जग्गा र डिपिआर यसै वर्ष तयार गर्ने गरी तत्काल प्रक्रिया अगाडि बढाउने प्रतिबद्धतासमेत उनले जनाए।

प्रकाशित: २२ भाद्र २०८१ ०७:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App