२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

काभा वुमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा नेपालको चुनौती श्रीलङ्का

नेपालले घरेलु मैदानमा आयोजना हुने काभा वुमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा श्रीलंकाविरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ।

नेपाल भलिबल सङ्घले शुक्रबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै खेल तालिका पनि सार्वजनिक गरेको छ।

साउन १७ गतेदेखि सुरु हुने काभा वुमन्स नेसन्स लिगमा नेपालसहित पाँच राष्ट्र श्रीलङ्का, इरान, भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्दै छन् । नेपालले यो प्रतियोगिताका लागि रसियासँग घरेलु मैदानमा नै दुई मैत्रीपूर्ण खेल पनि खेलेको थियो । यद्यपि, नेपालले कुनै सेट पनि जित्न सकेन । पत्रकार सम्मेलनमा सङ्घले प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिएको छ ।

शुक्रबार नै काभा वुमन्स नेसन्स लिगको ट्रफी सार्वजनिक भएको छ । गैर आवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले ट्रफी सार्वजनिक गरेका हुन।प्रतियोगिताका लागि संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दको संयोजकत्वमा विभिन्न २१ वटा उपसमिति पनि गठन भएको छ । सात दिनसम्म चल्ने प्रतियोगितामा पहिलो दिन नेपाल र श्रीलङ्का तथा भारत र इरानबिच प्रतिस्पर्धा हुनेछ ।

नेपालले आफ्नो दोस्रो खेल साउन १८ गते बलियो प्रतिद्वन्द्वी भारतसँग, तेस्रो खेल साउन २० गते माल्दिभ्स र चौथो खेल साउन २१ गते इरानविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछ । राउन्ड रोबिन लिगपछि अङ्क तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रोबिच साउन २२ गते सेमिफाइनल हुनेछन् । उपाधिका भिडन्त र तेस्रो स्थानका खेल साउन २३ गते हुनेछन् ।

प्रकाशित: ११ श्रावण २०८१ १९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App