२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

पेरिस ओलम्पिकको औपचारिक उद्घाटन आज

पेरिस ओलम्पिक २०२४ आजबाट औपचारिक रुपमा सुरु हुँदैछ। फ्रान्सको पेरिसस्थित सीन नदी किनारमा भव्य समारोहका बीच ओलम्पिकको उदघाटन हुनेछ।

ओलम्पिक इतिहासमा पहिलो पटक उद्घाटन समारोह स्टेडियममा नभई बाहिर हुन लागेको छ। १८९६ मा ओलम्पिकको सुरुआत भएको थियो। १२८ वर्षे इतिहासमा पहिलोपटक ओलम्पिकमा भाग लिने राष्ट्रहरूले आफ्नो पारम्परिक परेड नदी किनारमा गर्नेछन्।

यसपटकको ओलम्पिकमा एक सय डुङ्गामा सवार भएर १० हजारभन्दा बढी ओलम्पिक खेलाडीहरू सीन नदी हुँदै जानेछन्।

अगस्ट ११ सम्म चल्ने यसपटकको ओलम्पिकमा ३२ विधाका झन्डै ३२९ खेलहरू हुनेछन्।  

प्रकाशित: ११ श्रावण २०८१ ११:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App