२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

थ्री स्टारको अंक खोसियो

चित्र बहादुर नेपालीले खेलको ७८ औँ मिनेटमा गोल गर्दै थ्री स्टार क्लबलाई बुधबार ललित स्मृति एन्फा यु–१८ युथ लिगमा सुरुआती अग्रता दिलाएका थिए। तर, निर्धारित समय सकिन ११ मिनेट बाँकी रहँदा भएको त्यो गोलले थ्री स्टारलाई तीन अंक दिलाउन सकेन। 

जितनजिक पुगिसकेको अवस्थामा थ्री स्टारले रक्षात्मक रणनीति अपनाउनुपर्ने थियो। टच लाइनमा उभिएका मुख्य प्रशिक्षक गणेश खड्काले पनि सोही निर्देशन दिइरहेका थिए। तर, लिगमा दोस्रो जितनजिक पुगेको खुसी बाँड्दै गर्दा थ्री स्टाले खुकुलो भएको डिफेन्स लाइनलाई ध्यान दिन सकेन र संकटा क्बलले एक अंक खोस्यो। यो नतिजासँगै थ्री स्टारले दुई स्थान सुधार गर्दै पाँचौं स्थानमा उक्लिने अवसर गुमाएको छ।

चार खेल खेलेको थ्री स्टारले चार अंक जोडेको छ। संकटाको समान खेलबाट दुई अंक छ। अंकतालिकामा पुछारमा रहेको संकटामाथि थ्री स्टारले खेलको सुरुआती समयदेखि नै आक्रमण बुनेको थियो। तर, खेलको पहिलो हाफ गोलरहित हुन पुग्यो। ७८औं मिनेटमा चित्रले गोल गर्दा थ्री स्टारले सुरुआती अग्रता लियो। थ्री स्टारका खेलाडीले मिडफिल्डबाट गरेको प्रहारलाई संकटाका गोलरक्षक निशान्त रानामगरले डी बक्समा समाउन प्रयास गरेका थिए। तर, बललाई नियन्त्रणमा लिन सकेनन्।

उनले उक्त बललाई अगाडि बढाएका थिए। डी बक्सबाहिरबाट निस्किएको अवस्थामा चित्रले प्रहार गरेको बललाई हेमन्त भुजेलले गोललाइनमा बाइसाइकल किक प्रहार गर्दै बचाउन प्रयास गरे पनि सफल हुन सकेनन्। इन्जुरी समयमा अजित चौधरीले दिएको बललाई ओपन प्लेबाट समीरले गरेको प्रहार आयुष्मान् लो तामाङले ड्राइभ गरेर बचाउने प्रयास गरे पनि सफल हुन सकेनन्। अर्को खेलमा विभागीय टोली एपिएफलाई १–० ले पराजित गर्दै न्युरोड टिम (एनआरटी) दोस्रो स्थानमा उक्लिएको छ।

दोस्रो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा सन्तोष गोन्बाले गोल गरेपछि एनआरटीले तेस्रो जित हासिल गरेको हो। एनआरटीले चार खेलबाट नौ अंक जोडेको छ। शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबसँग समान अंक रहे पनि एनआरटी गोलसंख्यामा पछि पर्दै दोस्रो स्थानमा रहेको छ। एपिएफ भने समान खेलबाट सात अंक जोड्दै चौथो स्थानमा झरेको छ।

चार खेल खेलेको थ्री स्टारले चार अंक जोडेको छ। संकटाको समान खेलबाट दुई अंक छ।

प्रकाशित: १० श्रावण २०८१ ०६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App