२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

पारा तेक्वान्दो पारालम्पिकको तयारीमा

पेरिस २०२४ पारालम्पिकमा सहभागी हुने तेक्वान्दो टोलीलाई बिदाइ गरिएको छ। सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री तेजुलाल चौधरीले मंगलबार खेलाडीद्वय पलेशा गोवर्धन र भरतसिंह महता तथा प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई बिदाइ गरेका हुन्। 

पारालम्पिकमा सहभागी हुनुभन्दा अगाडि टोलीले बेलायतको म्यानचेस्टरमा वैदेशिक प्रशिक्षण गर्ने प्रशिक्षक नेगीले बताए । ‘म्यानचेस्टरमा रहेको ग्रेट ब्रिटेन तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा प्रशिक्षण गर्नेछौं । त्यतैबाट पेरिस जानेछौं,’ उनले भने । 

उनका अनुसार म्यानचेस्टरमा जुलाई २५ देखि अगस्ट २३ सम्म पारालम्पिक प्रिपरेसन क्याम्पमा टोली सहभागी हुनेछ। त्यसपछि टोली जुलाई २४ मा पेरिस प्रस्थान गर्ने कार्यक्रम छ। भरतले २९ अगस्टमा के–४४, पुरुष ५८ केजीमुनि र पलेशाले त्यसको भोलिपल्ट के–४४ र महिला ५७ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन्। 

प्रकाशित: ९ श्रावण २०८१ ०८:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App