२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

नौ महिनामा ई–स्पोर्ट्सका सात प्रतियोगिता हुने

नेपाल ई–स्पोर्ट्स एसोसिएसन (इसान) ले नौ महिनाको अन्तरालमा विभिन्न सात प्रतियोगिता आयोजना गर्ने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा मंगलबार पत्रकार सम्मेलन गर्दै इसानले २०२४/०२५ को लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो।

खेल, खेलाडीको विकास र प्रवर्द्धन गर्ने उद्देश्यका साथ वार्षिक क्यालेन्डर तयार पारिएको इसानका अध्यक्ष अञ्जन धमलाले जानकारी दिए।

ई–स्पोर्ट्सको ग्रासरूट मानिने कलेज च्याम्पियनसिपदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना र सहभागीलाई पनि समावेश गरेको उनको भनाइ छ। इसानले भदौमा इसान इन्टर कलेज नेसनल च्याम्पियनसिप आयोजना गर्नेछ।

यसको मिति भने तय गरिएको छैन। यसको एक महिनापछि इसानले बागमती ई–स्पोर्ट्स च्याम्पियनसिप आयोजना गर्नेछ। प्रतियोगिता असोज १ देखि ४ गतेसम्म आयोजना हुनेछ।

मंसिर ६ देखि १५ सम्म एसियन मार्सल आर्ट्स एन्ड इन्डोर गेम्स र माघमा दोस्रो इसान नेसनल ई–स्पोर्ट्स च्याम्पियनसिप हुनेछ।

चैत ९ गते इसान ई–स्पोर्ट्स अवार्ड गर्ने धमलाले जानकारी दिए। चैत/वैशाखमा एसियन ई–स्पोर्ट्स च्याम्पियनसिप र जेठमा कोसी ई–स्पोर्ट्स च्याम्पियनसिप आयोजना गर्नेछ।

निजी क्षेत्र, अन्तर्राष्ट्रिय गेमिङ कम्पनी, विभिन्न क्लब तथा संस्था, जिल्ला र प्रदेशस्तरका संरचनाले आयोजना गर्ने कार्यक्रमहरूलाई समेटेर क्यालेन्डरमा राखिएको छ।

पछिल्लो एसियन गेम्समा समावेश गरिएका पब्जी, एमएल, डोटा, अनर अफ किङ्स, ई–फुटबललगायत घरेलु प्रतियोगितालाई प्राथमिकतामा राखिएको छ।

विभिन्न तहका सरकार र संघसंस्थाबाट स्रोत व्यवस्थापन गरेर वार्षिक क्यालेन्डरलाई कार्यान्वयनमा लैजाने इसानले योजना बनाएको छ।

प्रकाशित: ८ श्रावण २०८१ २२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App